• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

तीजमा कुन शृंगारको महत्व कति?

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०४:१०
1140x725

तीज नेपाली महिलाको सांस्कृतिक पर्व हो। आधुनिक समाजमा तीज फेसन पर्वका रूपमा विकास हुँदै गएकोे छ। पहिलापहिला तीजमा विवाह गरी टाढा–टाढा गएका दिदी–बहिनीलाई दाजुभाइ वा माइतीतर्फका परिवारका सदस्य गएर सम्मानपूर्वक ल्याउने प्रचलन थियो।

अहिले यातायात र सञ्चारको सुविधाले यस कार्यलाई सहज तुल्याइदिएको छ। चेलीबेटीहरू माइत आउने, आमाबाबा दिदीबहिनी, दाजुभाइहरूसँग बसेर दर खाने, साथीसंगीहरू एकै ठाउँमा भेला भएर मनका भावना एवं सुख–दुःख गीत–संगीतका माध्यमबाट साटासाट गर्ने प्रचलन रहिआएको छ।

तीज चाड मात्र नभएर परिवारका सबै सदस्य तथा साथीसंगीसँग भेटघाट हुने, चेलीबेटी माइत आउन पाउने र सुखदुःखका कुरा साटासाट गर्ने सुखद् अवसरका रूपमा समेत रहेको छ। 

तीजको पहिरन र शृंगार
तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना लगाएर सजिने प्रचलन छ। यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ। तीजको आगमनसँगै बजारमा नयाँनयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइँचो लाग्ने गरेको छ। सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ। 

सिन्दूर
सिन्दूर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो। प्राचीनकालदेखि नै विवाहित महिलाले आफ्नो सिउँदो सिन्दूरले सजाउने र अविवाहित महिलाले पनि शुभ प्रतीकका रूपमा सिन्दूरको टीका लगाउने चलन रहिआएको छ। 

हाम्रोे संस्कृतिमा रातो रङलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ। 

सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ। श्रीमान्को दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ। सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ। 

टीका 
सौभाग्यको प्रतीक टीकाले नारीसौन्दर्यलाई उजागर गर्छ। दुई आँखीभौंका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ। यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो। यसलाई शक्तिको प्रतीक पनि मानिन्छ। सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ। यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ। 

यसलाई बिन्दी पनि भनिन्छ। परम्परागत रूपमा टीका रातो अथवा कलेजी रङमा प्रयोग गरिन्थो। यो रंगलाई विवाहित महिलाको प्रतीकका रुपमा लिइन्छ। टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन्।

आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन्। यसले अहिलेको आधुनिक समाजमा पनि टीकाको महत्व दर्शाउँछ। टीकाले महिलाको सौन्दर्यमा निखार ल्याउँछ। 

पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ। यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ। अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ। रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ।
 
यसले ब्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ। तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन्।

Xtrem

Xtrem

रातो, पहेंलो, हरियो तथा गुलाबी रङमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोते भित्रिएका छन्। अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ। 

छड्के तिलहरी
समयको गतिसँगै हरेक कुरामा परिवर्तन हुँदैछ। पुराना पहिरन अहिले परिवर्तन भएका छन्। पुराना डिजाइनका सामग्री अहिले सोकेसमा सजाइएका छन्। दैनिकजसो फेरिने डिजाइनले मानिस प्रभावित हुन्छन्। गहनापे्रमीहरू पनि यो कुराबाट अछुतो छैनन्। उनीहरू लेटेस्ट डिजाइनका गहना छाडेर पुराना डिजाइनका गहना रुचाउँदैनन्। यस्तो अवस्थामा पनि छड्के तिलहरीले आफूलाई सुरक्षित राखेको छ। आस्थाका हिसाबले तीज नजिकिदै जाँदा हरेक महिलाको मन छड्के तिलहरीमा पुगेर अडिन्छ। 

छड्के तिलहरीे पुरानै डिजाइनमा आधारित छ। यसले नेपाली परम्परा र सभ्यताको परिचय दिन्छ। तिलहरीलाई विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ। पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले यसलाई बायाँ साइडबाट दायाँ छड्के गरी लगाउँछन्। यो तिलहरी नेपाली महिलाको परिचायक हो। यस्तो तिलहरी धेरैजसो हरियो र रातो रङको पोतेमा उनिन्छ। प्रायः महिलाले हरियो मन पराउँछन्। हरियो रङमा उनिएको पोते लगाउँदा सुख–शान्ति एवं समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

चुरा
चुरालाई नेपाली नारीको मौलिक पहिचान र शुभमंगलका साथै नारी सौन्दर्य प्रवद्र्धनको सुन्दर प्रतीक मानिन्छ। अझ तीजले त चुराको महत्वलाई विशिष्ट पारेको पाइन्छ। तीजले विशेषतः रातो चुरा, सिउँदोभरि सिन्दूर, रातो साडी, धागोले बाँधेको केश र चुराको सम्झना गराउँछ। महिना दिनअघिदेखि दर खाने र एक–अर्कामा उपहारका साथै सुख–दुःख साटासाट गर्ने तीज एउटा रमाइलो उत्सव पनि हो। तीजका बेला दर खान जाने ठाउँमा र दर खान बोलाउँदा एक–अर्कालाई उपहार दिने चलन बढ्दो छ।

यसका लागि पोते, टीका र चुरा जस्ता सौभाग्यका सामग्री सबैको रोजाइमा पर्ने गरेका छन्। उपहारमा अरु कुरा छुटे पनि तीजका बेला चुरा सबैको रोजाइमा पर्छ। नेपाली बजारमा भएका चुरा भारत, पाकिस्तान, बंगलादेश आदि ठाउँबाट भित्रिन्छन्। पहिले बढी मात्रामा काँचको चुरा किन्ने चलन थियो तर अहिले बढ्दो आधुनिकीकरणसँगै लाख, मेटल, रबर, सीप, प्लास्टिक, टेराकोटा, माटो आदिका चुरा बजारमा उपलब्ध छन्।

पहिले रेसमका सादा चुरा सबैको रोजाइमा पर्थे तर अहिले वर्क गरिएका चुरा रुचिमा पर्छन्। अहिले फेसनेबल चुराको माग पनि बढ्दो छ। हरियो र रातो रङमा उपलब्ध बेस मेटलका चुरा हेर्दा निकै आकर्षक देखिन्छन् । बजारमा मोति भरिएका चुरा पनि किन्न सकिन्छ। 

धागो 
तीजको रमझमसँगै धागोको महत्व पनि बढ्छ । अरु बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाएको हुन्छ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ।

केशको शोभा बनेको धागो लगाएर नाच्दा पूर्ण नेपालीपन झल्कन्छ। रातो साडी, रातो चुरा, रातो टीका र सिउँदोभरि लगाइएको सिन्दूरका साथमा धागो पनि महत्वपूर्ण आभूषण बनेको हुन्छ। केशअनुसार ठूलो, सानो र मध्यम आकारमा पाइने धागोमा पोते, सलमा मोति, सितारा जडिएको हुन्छ । नेपालमै बनाइने यो धागो प्रायः कालो र रातो रङमा पाइन्छ।
कस्तो मेकअप उपयुक्त
नेपाली चाडबाड धेरै ठूलो महत्व बोकेको छ। तीज गर्मी महिनामा पर्ने हुनाले हाम्रोे शरीर तथा अनुहारको छालाबाट पसिना आउँछ। त्यसैले यो चाडमा मेकअप गर्दा, कपडा लगाउँदा वा केशको श्रृंगार गर्दा आफूलाई सुहाउने तर मौसमअनुकूल हल्का हुनुपर्छ। 

टिनएजरहरूले मेकअप गर्दा सिम्पल तर रेक्ट्रो लुक दिने किसिमको गरे राम्रो देखिन्छ, किनभने यो उमेरमा अनुहारको छाला नरम र आकर्षक हुन्छ। टिनएजरहरूले यो चाडका लागि मेकअप गर्दा सर्वप्रथम छालालाई सुहाउँदो फेसवासले राम्रोेसँग अनुहार धोएर टोनरलाई कटनमा राखी अनुहार, घाँटी तथा कान पुछ्नुपर्छ। 

त्यसपछि आफ्नो छाला सुहाउँदो थोरै फाउन्डेसनमा लोसन वा क्रिम मिसाएर अनुहार, घाँटी र कान सबैमा लगाई त्यसमाथि लुज पाउडर लगाउँदा अनुहारमा कम पसिना आउँछ जसले गर्दा मेकअप लामो समय टिक्छ। त्यसपछि आई मेकअप सुरु गर्नु उपयुक्त हुन्छ।

यो चाडमा प्रायः रातो र हरियो पहिरन लगाइने भएकाले आइस्याडो पनि आधा रातो र आधा हरियो नै लगाउनु राम्रो हुन्छ। त्यसपछि आइब्रोमुनिको भागमा गोल्डेन कलरको आइस्याडोले हाइलाइट गरे मेकअप अझ राम्रोे देखिन्छ । 

रेक्ट्रो लुक्सका लागि टिनएजरहरूले आँखाको साइडमा मोटो कोष तानेर आइलाइनर लगाउने र आँखाको तलपट्टि मोटो गरी लगाउँदा आँखा ठूलो र आकर्षक देखिन्छ। त्यसपछि आँखाको कुनामा रेड वा ग्रीन कलरको आइस्याडो लगाउँदा गाजल बग्न पाउँदैन। त्यसपछि रेड लिपिस्टिक वा रेड लिपग्लस लगाउने र अनुहारमा गोल्डेन ग्लो आउने ब्लसर थोरै लगाउँदा अझ राम्रो हुन्छ। 

केशलाई रेक्ट्रो लुक्समा डिजाइन गर्ने टिनएजरहरूले सर्वप्रथम केशको अगाडिको भागमा बफ उठाउने, निधार ठूलो भए कानको अगाडिको भागको केशलाई साइड सिउँदो बनाएर मात्र बफ उठाउने र कानको पछाडिको भागमा ठूला–ठूला रबरले डिजाइन दिएर बाँकी केशलाई रातो लाछा लगाएर बाट्दा मोडर्न लुक्स दिन सकिन्छ। 

यसरी मेकअप पूरा भइसकेपछि रातो वा हरियो रङ मिक्स भएका फिटिङ पहिरन (साडी, लेहेंगा, चुडीदार कुर्ता, पटियाला कुर्ता अथवा वान पिसमा पनि अलि लामो लुगा) लगाउँदा राम्रोे देखिन्छ। 

यस्तै विवाहित महिला दिदी–बहिनीले तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु राम्रोे हुन्छ। तीजमा बढी नाचगान गरिने भएकाले पसिना पनि बढी आउँछ जसले गर्दा मेकअप पखालिने डर हुन्छ। 

यस किसिमको मेकअप गर्न सर्वप्रथम आफ्नो छाला सुहाउँदो क्रिम, प्राइमर अनुहार घाँटी र कानमा राम्रोेसँग लगाउँदा यसले मेकअपलाई लामो समयसम्म टिकाएर राख्छ। 
त्यसपछि स्किन कलरको पेनस्टिक वा कन्सिलर दाग भएको ठाउँमा लगाएर हलुका हातले मिलाई छालाअनुसारको फाउन्डेसन छानेर त्यसमा क्रिम मिसाई पूरै अनुहार, घाँटी र कानमा लगाउनु राम्रो हुन्छ। 

त्यसमाथि लुज पाउडर लगाउने अनि कपडाको रङअनुसारको आइस्याडोलाई आइबलमा मिलाएर लगाउनुपर्छ। त्यसपछि धेरै कोष नतानी हल्का मोटो गाजल लगाई गाला, निधार चिउँडो र घाँटीमा आफू सुहाउँदो रोज अनि अन्त्यमा रातो कलरको वाटरप्रुफ लिपिस्टिक लगाउनाले सौन्दर्यमा निखार ल्याउँछ। 

यदि ओठ सानो छ भने आउट लाइन तानेर वा ओठ ठूलो छ भने इन लाइन तानेर लगाउनु राम्रो हुन्छ। साइनिङका लागि लिपिस्टिक माथि वाटर कलरको लिपग्लस लगाउने, केशको डिजाइन गर्दा अगाडि थोरै बफ उठाएर साइड सिउँदो बनाउने र लाछा लगाएर बाट्ने, केशको साइडमा चन्द्रमा, नत्थी वा रातो फूल लगाउने गर्नु राम्रो हुन्छ।

साडी धेरै कढाइ वा बुट्टा नभएको र आफूलाई हल्का महसूस हुने खालको हुनुपर्छ। छड्के तिलहरी छैन भने रातो, हरियो वा पहेंलो पोते पनि लगाउन सकिन्छ।

त्यसपछि कम हिल भएको रातो चप्पल राम्रोे हुन्छ। हिल सानो भए नाचगान तथा हिँडडुल गर्न सहज हुन्छ।

सुष्मा महरा फेसियल हाउस ब्युटिसियन हुन्।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्