राेल्पा- राेल्पा नगरपालिकाका तरुण दलका अध्यक्ष रोहित पुनको हत्या भएको छ। आइतबार दिउँसो रोल्पा जिल्लाको सुलिचौर बजारमा हतियारधारी समूहले गोली प्रहार गरी पुनको हत्या गरेको हो।
नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले पुनको हत्या नेकपाका कार्यकर्ताले गरेको पुष्टि गरे।
‘कम्युनिष्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानून आफ्नो हातमा लिएर आपराधिक शैलीमा गरिएको जघन्य हत्याको तरुण दल घोर विरोध गर्दछ’ शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘तरुण दल हत्यारालाई तत्काल कडा भन्दा कडा कारबाहीको माग गर्दछ’।
मातृपार्टी कांग्रेसले जारी गरेको विज्ञप्तीमा देवबहादुर घर्ती मगरलगायतले गोली हानी हत्या गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। ‘अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।