रसुवा- रसुवामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान जानेमा नौकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित देउराली डाँडाका वर्ष २२ का बुद्धिमान गोम्बो रहेका छन्।
आफ्नै घरको बरण्डामा बिजुली बत्ती बनाउने क्रममा करेन्ट लाग्दा शनिबार बेलुका साढे ६ बजे उनको मृत्यु भएकोे प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले बताए।
गोम्बोको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।