पाेखरा– बेगनास तालमा शनिबार भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। दुर्घटनामा वेपत्ता ६ जनाको शव फेला परेपछि मृत्युसंख्या ८ पुगेको हो।
मृत्यु हुनेमा ५१ वर्षीया कृष्णकुमारी कडेंल, ३२ वर्षीया जमुना कडेंल, ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिषा बजगाईं, ८ वर्र्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल, ४ वर्षीय रञ्जित गैरे र ३२ वर्षीय रवी खनाल रहेका छन्।
शनिबार दिउँसो बेगनास डुंगाघाटबाट बालबच्चासहित ८ जनाको परिवार एउटै डुंगा लिएर दर खान आफन्तको घरतर्फ गएका थिए।
५ वर्षिय बालक प्राचीन पौडेल तालमा खसेपछि आमा निशा पौडेल उद्दारको लागि तालमा हाम फालेपश्चात डुंगा असन्तुलित भई दुर्घटना भएको स्थानीले बताएका छन्।
डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाउनले दुर्घटना निम्तिएको बताइएको छ।
दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव अाइतबार मात्र फेला परेकाे थियाे।
यससँगै वेपत्ता भएकामध्ये सबैको शव फेला पारिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।