• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

चाडबाडसँगै खेलमय बनेका गाउँबस्ती

64x64
नेपाल लाइभ सोमबार, असोज २९, २०८०  ०६:५१
1140x725

बेदकोट (कञ्चनपुर)- ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन्। दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन्।

घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ। जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन्। 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता चलिरहेको छ। ‘प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ,’ आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भने, ‘चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ।’

उनका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक वडाका एक/एक टिमसहित १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेतालाई नगद रु ७५ हजार र उपविजेतालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

चाडबाडमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भूपेन्द्रसिंह रावलले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘विद्यार्थीको बिदाको समय छ, चाडबाडले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन्, खेतीपाती सकेर चाडबाडको यो समयमा अधिकतर फुर्सदमा छन्,’ उनले भने, ‘त्यसैले चाडबाड लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाडबाडको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ।’

भीमदत्त नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले प्रत्येक वर्ष पूर्णा माध्यमिक विद्यालयको खेल मैदानमा क्रिकेट प्रतियागिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा भीमदत्त नगरभित्रका २८ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद रु एक लाख ५१ हजार एक सय एघार र उपविजेताले रु ७७ हजार सात सय ७७ पुरस्कार हात पार्नेछ।

विद्यालय बिदा भएर फुर्सदिमा बनेका विद्यार्थी तथा युवायुवती चाडबाडको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उनको भनाइ छ। कञ्चनपुरको ९ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशि पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन्।

- रासस

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता
सम्बन्धित सामग्री
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आयाेजक नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता बारे जानकारी दिएकाे हाे । आइतबार, वैशाख २७, २०८३
खेलकुद विकासका लागि आधार तहबाटै प्रतिभा उत्पादनमा मन्त्री पोखरेलको जोड राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले खेलकुद प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्दै... मंगलबार, चैत १७, २०८२
पर्यटक भिसामा आएका विदेशीलाई खेलमा सहभागी गराए कारबाही गर्ने अध्यागमनको चेतावनी विभागका निर्देशक टीकाराम ढकालले कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमअनुसार कार्यसहमति र श्रम स्वीकृति लिएर म... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता शुक्रबार, जेठ १, २०८३
सकारात्मक संवादका लागि जेनजी प्रतिनिधिहरूलाई कार्यदलको आह्वान शुक्रबार, जेठ १, २०८३
सामान्य अंकले बढेर शेयरबजार बन्द शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्