• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थ खसी-बोकाको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने
64x64
नेपाल लाइभ सोमबार, असोज २९, २०८०  ०६:१५
1140x725

काठमाडौं– सरकारले खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ लगाउने भएको छ। यस्तै रोगी खसी-बोकाको सिङमा भने रातो रङ लगाइने भएको छ।

उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले बताए। विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र रोगीलाई ‘रातो’ चिह्न लगाउने अभियान आइतबारदेखि सुरु गरिएको दाहालको भनाई छ।

कलंकी खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्जली खसीबजार, सल्लाघारी च्याङग्राबजार, बालाजु वाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा र चन्द्रागिरी(थानकोट) दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

खसीबोकाको स्वास्थ्य परीक्षणका लागि पशु स्वास्थ्यकर्मी र प्राविधिक गरी ५ देखि ७ जनाको टोली पठाएको उनले जानकारी दिए। टोलीले बजारमा आएका खसीबोकाको स्वास्थ्य कात्तिक ६ गते अर्थात् नवमीसम्म परीक्षण गर्नेछ। पशु चिकित्सकले बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण,मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमूनाको आधारमा अध्ययन गरेर स्वस्थ्य ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ।

उपभोक्तालाई दशैंमा स्वस्थ मासु उपयोग गर्न सिङमा हरियो रंग लगाइएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझावसमेत दिएको छ। बिक्री स्थलमा हरियो र रातो चिह्न हेरेर खसीबोका खरिद गर्ने व्यवस्था पनि गरिएको छ।

रोगी खसीबोकामा देखिन्छन् यस्ता लक्षण
खसीबोकाको नाक र मुखबाट सिंगान र स्याल बगेको, पातलो दिसा भएर शरीरको पछाडीको भागमा यत्रतत्र टाँसिएका खसीबोकामा देखिने रोगका लक्षण हुन्।

यस्तै चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिन छिनमै दिसा गर्ने, खुट्टाले भुइँ खोस्रिने, छिनछिनमा आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका रोगी मानिन्छन्।

परीक्षणको क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ्य ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रंग लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइने छ। निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिह्न लगाएर विशेष निगरानी गरी उपचार गरिनेछ।

Ncell 2
Ncell 2

निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचारपछि निको भएमा खसीबोकालाई बिक्रिका लागि बजार पठाइने छ। तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई बिक्रीमा रोक लगाइने दाहालको भनाई छ। यी रोग लागेका खसीबोकाको मासु मानवस्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ। 

यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने जोखिम रहेको उनको भनाइ छ। विभागका अनुसार उपत्यकामा गरिएको एक अध्ययन अनुसार यहाँ भित्रिने पशुपन्छीमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ। यस्ता जीवाणुले मानव स्वास्थ्यमा असर पुर्‍याउँछन्। 

मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपन्छीबाट सर्छ। गत वर्षको दसैंमा खसीबोका ५१ हजार, च्याङग्रा २ हजार ५ सय तथा रांगा ५ सयको संख्यामा उपत्यकामा भित्रिएको थियो। यो वर्ष निजी र सरकारले गरी झण्डै ५३ हजार खसीबोका र १५ हजार च्याङ्ग्रा ल्याउने तयारी भएको छ।

तर सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीले खरिद गरेको खसीबोका अझै नआइनपुगेको कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन्।  ‘अहिलेसमम आइपुगेका छैनन्। सोमबार बिहानसम्म आइपुगे त्यसै दिन मूल्य तोकी बिक्री थालिने छ,’ उनले भनिन्।

तर निजी कम्पनीले भने खसीबोका ल्याएर बिक्री थालेको छ भने मूल्य समेत तोकिसकेको छ। चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले दशैंका जिउँदो खसीको मूल्य प्रतिकिलो ६६० देखि ६८० रुपैयाँसम्म तोकिएको बताए। 
संघका व्यवस्थापक जीवनराज खतिवडाले भने खसी बोका तथा च्याङ्ग्राको मूल्य दैनिक रुपमा फरक–फरक पर्ने बताए। ‘हाम्रो सधैं एकै नासको मूल्य हुँदैन। दिनदिनै फरक–फरक स्थानबाट फरक–फरक मूल्यमा ल्याइएको हुन्छ कहिले भाउ बढ्न जान्छ। कहिले सस्तो पर्छ,’ खतिवडाले भने। आइतबार जिउँदो खसी प्रतिकिलो ६२० देखि ६५० रुपैयाँसम्म रहेको थियो।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा स्थगित
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो। मंगलबार, असार ३, २०८२
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह बजेटको कार्यान्वनमा सम्वद्ध मन्त्रालय र आयोजना प्रमुखहरुलाई जवाफदेही बनाइने उनको भनाइ छ । पौडेलले बजेटलाई प्रभावकारी रुपमा कार्यान्व... सोमबार, असार २, २०८२
१० रुपैयाँका १० लाख थान नयाँ नोट आजदेखि चलनचल्तीमा नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रह... सोमबार, असार २, २०८२
ताजा समाचारसबै
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा स्थगित मंगलबार, असार ३, २०८२
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ मंगलबार, असार ३, २०८२
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता मंगलबार, असार ३, २०८२
गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध मंगलबार, असार ३, २०८२
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्