काठमाडौं– गैर आवासीय नेपाली संघका महासचिव डा केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
आइतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए।
उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए।
डा पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग र समर्थन मिलिरहेको छ। एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए।
फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।