• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गरिबीले थिचेको दशैं : ‘हाम्रा लागि दशा बनेर आउँछ’

64x64
कल्पना घिमिरे शनिबार, कात्तिक ४, २०८०  १०:१४
1140x725

काठमाडौं- साँझ पर्दै थियो। न्युरोडका गल्ली-गल्लीमा दशैंको किनमेल गर्न आउनेको भीड लागेको थियो। दशैंका किनमेल बोकेर फर्किँनेको चहलपहल उस्तै थियो। 

किनमेल गरेर फर्किनेहरु उत्साहित देखिन्थे। किन्न जाँदै गरेकाहरु पनि उत्तिकै जोसमा थिए। तर त्यही भीडमा निन्याउरो अनुहार लगाएर भारीको पर्खाइमा थिए, साहुको भारी बोकेर गुजारा चलाउने श्रमिकहरु। 

‘भारी बोक्न पाइन्छ कि’ भन्दै हातमा नाम्लो बोकेर दोकान चहार्दै थिए लिलानाथ गौतम। उमेरले ७० वर्ष लागेका उनी वृद्धा भत्ता खाएर बस्नु पर्ने उमेरका हुन् तर साहुको भारी बोकेर जीविका चलाइरहेका छन्। 

‘जन्मको हिसाबले ७० पुगेँ, तर नागरिकता अनुसार दुई वर्षले भत्ता खान उमेर पुगेन। नागरिकता बनाउने जन्ममिति बिगारेर १० सालको मान्छेलाई १२ सालको बनाइदिएको रहेछ,’ उनले भने।

387334322_1475028559734200_717560578756348714_n1697346274.jpg

दुई छोरा र श्रीमती सहित उनी काठमाडौंमै डेरा गरेर बस्छन्। विगत ४० वर्षदेखि न्युरोडमा भारी बोक्ने काम गरिरहेका उनी त्यही पैसाले उनले आफ्नो घर खर्च टार्छन्।

उनी हरेक वर्षको दशैं काठमाडौंमै मनाउँदै आएका छन्। ‘अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष सबैथोक  महँगो भएको छ। चामल, चिनी, मरमसलो, सबै चिजको भाउ चार गुणा बढेको छ। यस्तो महँगीमा कसरी मनाउने दशैं,’ लिलानाथले भने।

अघिल्ला वर्षहरुमा दशैंको बेलामा गौतमको कमाइ राम्रो हुन्थ्यो। दशैं लागेपछि त उनले भारी बोकेरै दुई/चार हजार कमाइ गर्थे तर अहिलेको कमाइले बिहान-बेलुकाको छाक टार्न धौधौ परिरहेको उनी सुनाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘सामान महँगो भएपछि मान्छेले किन्न छाड्दो रहेछ। त्यसैले साहुको व्यापार छैन। व्यापारै नभएपछि हाम्रो कमाइ हुँदैन। दशैंका मनाउन साथीभाइसँग सरसापटी गर्नै पर्छ,’ लिलानाथले भने, ‘पाहुना आउँछन्। अरु नभए पनि दुई छोरी-ज्वाइँ, नाति-नातिना छन्। मिठो-मसिनो खान दिनै पर्‍यो, ज्वाइँ-चेला आउँदा दक्षिणा दिनै पर्‍यो।’

387345223_849643716826516_5522714753573971515_n1697346274.jpg

दिनहुँ महँगी बढ्दै जाँदा पनि सरकारले नियन्त्रण नगरेको उनले गुनासो पोखे। आफूजस्ता श्रमिकका लागि महँगीले कति असर पर्छ भन्नेबारे सरकारले ख्यालै नगरी सबै वस्तुको मूल्य बढाइरहेको लिलानाथ सुनाउँछन्।

‘धनीलाई त के छ र, जति महँगिए पनि किनेर खान सक्छन् तर हामी जस्ता दिनभरि कमाएर बेलुका छाक टार्न धौ–धौ हुनेहरुका लागि कस्तो असर पर् छभन्ने सरकारले ख्यालै गरेको छैन। महँगी बढेको बढ्यै छ। हाम्रो ज्याला बढ्दैन। अब त दाल-भात खान नसक्ने स्थिति आएको छ,’ लिलानाथले भने।

Xtrem

Xtrem

हात्तीबहादुर सुवेदी पनि न्युरोड क्षेत्रमा भारी बोक्छन्। उनले न्युरोडमा भारी बोकेको २० वर्ष बित्यो। उनी यो वर्ष दशैं मनाउन गाउँ दोलखा जाने सोचमा छन्। यसपालि खासै कमाइ छैन उनको पनि। दैनिक आफूलाई छाक टार्न मुस्किलले पुर्‍याउँदै आएको उनी सुनाउँछन्।

‘दशैं आएको छ, घर त जानै पर्‍यो। गाडी भाडा महँगिएर ७ सय पुगेको छ। सबै सामानको भाउ छोइसक्नु छैन। अघिल्लो वर्ष एउटा संस्थाले यहाँका भारी बोक्नेहरुलाई पाँच/पाँच हजार रुपैयाँ दिएर सहयोग गरेको थियो र दशैं रमाइलैसँग मनाउन पाइएको थियो। अहिले त आफ्नो कमाइ पनि छैन,’ सुवेदीले भने, ‘काम पनि कन्ट्याकमा भए सजिलो हुन्छ। केही महिना घर बसेर फेरि आएको, पहिलाका साहुहरुले पनि पत्याउँदैनन्। केही त १० तलामाथि भारी पुर्‍याउन लगाएर ५० रुपैयाँ दिने साहुहरु पनि छन्।’

387555158_753926346540047_1080611581913977653_n1697346273.jpg

पोहोर उनले १० धार्नी तौलको खसी नै किनेर दशैं मनाएका थिए। यस वर्ष भने एक/दुई किलो मासु किनेर खान सक्ने अवस्था नभएको उनी सुनाउँछन्।

अर्का ६६ वर्षीय रामबहादुर भुजेलको अवस्था पनि उस्तै छ। कमाइ खासै छैन। साहुहरुले काममा कहिलेकसो मात्रै बोलाउँछन्। परिवारको दैनिक छाक टार्नै आफ्नो दैनिक कमाइ सकिने बताउँछन्।

‘दाल,चामल,मसला भुटुन सबै कुराको भाउले आकासिएको छ। काम पनि छैन, दाम पनि छैन। कहिलेकाहीँ त दिनभरि कसले काम देला भन्ने बाटो हेदै बित्छ। काम आउँदा कमाइ राम्रै हुन्छ। तर महँगीले गर्दा दिनभरि कमायो, साँझ-बिहानको छाक टार्नमै सकिन्छ,’ उनले भने। 

पहिला–पहिला जस्तो दशैं आएकोमा हर्ष छैन रामबहादुरलाई। ‘धनीका लागि दशैं आउँछ, हाम्रा लागि दशा हो। धनीले निकै तडकभडक गर्छन्। हामीले महँगीमा त्यसो गर्न सकिँदैन। अरुले खाएको, लाएको देख्दा मन खिन्न हुन्छ। तर जेजस्तो भए पनि जसोतसो दशैं त मनाउनै पर्छ,’ उनले भने।

उनका श्रीमती र दुई छोरा छन्। जेठा छोरा सवारी चालक छन्। ती अलग भएर बसेका छन्। कान्छा छोरा वैदेशिक रोजगारीका लागि खाडी मूलुकमा छन्। ‘छोराहरुले हामीलाई वास्ता गर्दैनन्। हामी दुई जना जसोतासो गरेर खाएका छौँ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:१४
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो? आइतबार, असोज १८, २०८३
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्