काठमाडौं– इजरायल–हमास युद्धका कारण प्रभावित बनेका नेपालीहरुलाई स्वदेश ल्याउन आज राति ११ बजे नेपाल एअरलाइन्सको जहाज जाँदैछ।
उनीहरुलाई नेपाल ल्याउनका लागि उक्त विमानमा परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदलाई पठाउने निर्णय गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिएका छन्।
नेपाल वायुसेवा निगमको वाइडबढी जहाजबाट २५० विद्यार्थीलाई एकैपटक ल्याउन सरकारको तयारी छ। जसका लागि आज विमान जाँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जहाज पठाउन ढिलाइ भएकोबारे चासो व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।