काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा अहिले पनि एमाले प्रमुख पार्टी भएको बताएका छन्।
बुधबार मधेश प्रदेश अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले प्रदेश र संघीय सांसदको हिसाबले एमाले प्रमुख पार्टी भए पनि त्यतिले नपुगेको बताए।
‘हामीसँग २५ सिट छ। तर २५ सिट भएर के गर्नु? २५ सिटले सरकार बन्दैन’, उनले भने, ‘त्यसकारण अब आउँदो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा ६० सिट नेकपा एमालेलाई चाहिन्छ। अनि मात्रै मधेश बन्छ।’
उनले आफूहरूले मधेशको खेतको सिँचाइ, कृषिको आधुनिकीकरण, उद्योगहरूको स्थापना तथा उद्योगहरूका लागि औद्योगिक क्षेत्रहरूको स्थापना गरेको बताए। तर त्यो अगाडि नबढेको उनले दाबी गरे।
‘अरुले अगाडि बढाउन सक्दैन। वैदेशिक व्यापार घाटा छ। यहाँ उद्योगहरू बन्द हुँदैछन्। ती उद्योगहरूलाई सुचारु गर्ने, त्यसलाई फस्टाउने कामहरू नेकपा एमालेले मात्रै गर्न सक्छ’, ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।