धादिङ– पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।