• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहुँच विस्तार गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय, १० सामुदायिक क्याम्पस बने आंगिक

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  ०३:०५
1140x725

सुर्खेत- आफ्नो संरचना र क्षेत्र विस्तार गर्ने क्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय(मप)ले दस वटा क्याम्पसलाई औपचारिक रुपमा आंगिक क्याम्पस बनाएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न दस वटा सामुदायिक क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो आंगिक क्याम्पसमा रुपान्तरण गरेको हो।

त्रिभुवन विश्वविद्यालयले यसअघि नै ति दस क्याम्पसलाई मप विश्वविदालय मातहत सञ्चालन गर्न अनुमति दिइसकेको थियो। मप विश्वविद्यालयको सिनेटको निर्णय कार्यान्वयन गर्दै उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले दस वटा क्याम्पसलाई आंगिक क्याम्पसको आधिकारिक पत्र हस्तान्तरण गरेका छन्।

विश्वविद्यालय ऐन, नियम तथा आठौँ सिनेट बैठकको निर्णय अनुरुप आधिकारिक पत्र दिएर त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालनमा रहेका दस वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसमा रुपान्तरण गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए।

स्थापना भएको आठ वर्षपछि विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस थप्दै आफ्नो पहुँच साविकको मध्यपश्चिमका विभिन्न जिल्लामा विस्तार गरेको हो। आंगिक क्याम्पसको आधिकारिक पत्र पाएसँगै अब विभिन्न नौ जिल्लाका १० वटा क्याम्पसले पूर्णरूपमा सरकारी सेवा र सुविधा पाउनेछन् भने मप विश्वविद्यालयको पाठ्यक्रम पढाई हुनेछ।

Ncell 2
Ncell 2

विश्वविद्यालयले साविकको कर्णालीका दुई वटा क्याम्पसलाई आंगिक बनाएको छ। कालिकोटको तिला बहुमुखी क्याम्पस र मुगुको रारा बहुमुखी क्याम्पस अब मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस बनेका छन्। यस्तै सुर्खेतका जनता बहुमुखी क्याम्पस विद्यापुर र भेरी शिक्षा क्याम्पस, गुमीले पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय मातहत आएका छन्। विश्वविद्यालयका सूचना अधिकारी केसीका अनुसार बर्दियाको बबई बहुमुखी क्याम्पस, बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, रुकुमको मुसिकोट बहुमुखी क्याम्पस र रोल्पाको जलजला बहुमुखी क्याम्पस पनि आंगिक बनेका छन्। उपकुलपति कोइरालाले अर्को व्यवस्था नभएसम्मका लागि हाललाई साविककै क्याम्पस प्रमुखहरुलाई नै क्याम्पस प्रमुखका रुपमा कार्य गर्ने गरी जिम्मेवारी दिइएको बताए।

वीरेन्द्रनगरस्थित साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा मात्र खुम्चिँदै आएको यो विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस थपेसँगै साविकको मध्यपश्चिमाञ्चल क्षेत्रको अधिकांश जिल्लाभरी विस्तार भएको छ। आंगिक क्याम्पसको विस्तारसँगै अब शिक्षाको गुणस्तर पनि वृद्धि हुने विश्वविद्यालयले अपेक्षा गरेको छ। आर्थिक अभावका कारण स्रोत र साधनको समस्या झेल्दै आएका यस क्षेत्रका सामुदायिक क्याम्पसहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक भएसँगै अब सरकारी सहयोग प्राप्त र विगतको भन्दा सुधार हुने विश्वविद्यालयका उपकुलपति कोइरालाले विश्वास व्यक्त गरे। उनले आंगिक क्याम्पसको विस्तारले यस क्षेत्रमा उच्च शिक्षा प्राप्त गर्न सहज हुने बताए।

आंगिक क्याम्पसका लागि अघिल्लो वर्ष नै प्रति क्याम्पस ८० लाख उपलब्ध गराउने गरी ८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। २०७४ गत असोज २ गते नेपाल सरकारको  मन्त्रिपरिषद्को बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने भनि दरबन्दी समेत स्वीकृत गरिसकेको थियो।

त्यसलगत्तै त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रूपमा रहेका ति क्याम्पसहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसको रूपमा हस्तान्तरण गर्ने प्रक्रिया थालिएको थियो।

दस वटा क्याम्पसलाई औपचारिक रुपमा आंगिक बनाएको मप विश्वविद्यालयले थप दस वटा आंगिक क्याम्पस बनाउने निर्णय पनि गरिसकेको छ। भदौ ११ गते काठमाडौंमा सम्पन्न विश्वविद्यालयको आठौं सिनेटले १० वटा आङ्गिक क्याम्पस थप गर्ने निर्णय गरेको हो।

सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पस, चामुण्डा क्याम्पस, दैलेख, कोटदेवल जनआदर्श क्याम्पस, दैलेख, रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मी, पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची, सिँजा बहुमुखी क्याम्पस, जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस, कपिलवस्तु, सहिद नारायणप्रसाद क्याम्पस, रूपन्देही, शितल बहुमुखी क्याम्पस, रुकुम, चतुरहिरा पूर्णचन्द्र क्याम्पस, मुगुलाई आंगिक क्याम्पसका लागि सिनेटले स्वीकृति दिइएको छ।

चरणवद्ध रुपमा थप आंगिक क्याम्पसहरु पनि विस्तार गरिने विश्वविद्यालयले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्