काठमाडौं– विश्व हुलाक संघले नेपालको हुलाक प्रशासन सुधारका लागि प्राविधिक सहयोग गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विश्व हुलाक संघसँग नेपालको हुलाक प्रशासन सुधार गर्न प्राविधिक सहयोग गर्ने समझदारी गरिएको जानकारी दिए। अफ्रिकी मुलुक इथियोपियामा आयोजित विश्व हुलाक संघको दोस्रो कंग्रेसमा सहभागी भई शनिबार स्वदेश फर्किएका मन्त्री बाँस्कोटाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ नेपालको हुलाक क्षेत्र सुधारमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन संघको दोस्रो कंग्रेस फलदायी रहेको बताए।
उनले कंग्रेसमा जापानको सञ्चार मन्त्रालयले पनि नेपालको हुलाक सुधारमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।
इथियोपियाको आदिस अबाबामा आयोजित संघको ५ दिने कंग्रेसले हुलाक क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।