नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका घर भएकी एक वृद्धा धार्मिक तीर्थयात्रा गएको बेला भारतबाट सम्पर्कविहीन भएकी छन्।
प्रतापपुर–७ बस्ने ७० वर्षीया विपती पासी धार्मिक तीर्थयात्रा गर्न भारत गएको बेला भारत उत्तर प्रदेश मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको स्थानीय सहबान अन्सारीले जानकारी दिए।
घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भारत गएकी पासी गत भदौ १३ गते मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको बताइएको छ।
पासी एकाएक सम्पर्कविहीन भएपछि आफन्त र शुभचिन्तक चिन्तित बनेका छन्।
पासीको अवस्थाबारे कसैलाई जानकारी भएमा नेपाली सम्पर्क नं ९८२१५३३८७७ र भारतीय सम्पर्क नं ७८००७२७६९५ मा सम्पर्क गरिदिनुहुन आफन्तले सबैलाई अपिल गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।