काठमाडौं - नेपाल महिला चेम्बर, ब्यापार समितिले भाद्र २३ गते शनिबार तीज स्पेशल फेस्टा (तीज बिशेष मेला)- २०१८ को आयोजना गरेको छ । जमलस्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन्। मेलाको उद्घाटन पश्चात् मन्त्री थापाले मेलाको अवलोकन समेत गरिन्। मेलामा महिला उधेमीद्वारा उत्पादित तथा बिक्री बितरण हुँदै आएका पहिरन, शृंगार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखीएको थियो । मेलामा कलाकारद्वय दिपाश्री निरौला र रेखा शाहले प्रस्तुती दिएका थिए।
मेलाको आयोजनासँगसंगै चेम्बर भवनको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम मन्त्री थापाले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सहुलियतपूर्ण ब्याजदरमा ऋण सुबिधा दिलाउने सरकारको योजना रहेको बताइन्। कार्यक्रममाझ बोल्ने क्रममा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उधमीको उधमशिलताको कदर हुन सके मात्रै देशको बाणिज्य क्षेत्र सबल हुने धारणा राखेका थिए।
यसैगरी महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले महिलाहरुले ब्यवसाय सन्चालन गर्दै राज्यलाई कर तिर्ने, रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्पूर्ण भूमिका निर्बाह गर्दै आइरहेको बताइन्। कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेकी नेपाल महिला चेम्बरका सह-अध्यक्ष उर्मिला श्रेष्ठ, कलाकारद्वय दिपाश्री निरौला र रेखा शाह, नेपाल महिला चेम्बरका सदस्य, महिला उधेमी लगायतको उपस्थित रहेको थियो।
नेपाल महिला चेम्बरका सह- अध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्ब र उधेमशीलतालाई जोडेर व्यवसायीकताको बिकास गराउनु मेला आयोजना गर्नुको उद्देश्य रहेको प्रकाश पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।