काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को महिला कबड्डीमा नेपाल भारतसँग पराजित भएको छ। फाइनल प्रवेशका लागि शुक्रबार बिहान भएको खेलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भयो।
भारतसँग पराजित भएको नेपालले कास्य पदक भने सुरक्षित गरेको छ। कबड्डीको सेमिफाइनलमा पुग्ने टिमले कास्य पदक पाउने प्रावधान छ। जसअनुसार नेपालले कास्य पदक पक्का गरेको हो। जारी एसियाडमा नेपालले जितेको यो पहिलो पदक पनि हो।
यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको थियो। समूह दोस्रो चरणको खेलमा इरानसँग पराजित भएको थियो। पछि इरानले बंगलादेशलाई पनि पराजित गरेपछि नेपाल सेमिफाइनल पुगेको थियो।
नेपाललाई हराएको भारत फाइनल प्रवेश गरेको छ। भारतले अब स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।