काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको बार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा प्रधानमन्त्री केपी ओली उल्लासपूर्ण मुद्रामा देखिए।
कार्यक्रममा सहभागी भइरहँदा प्रफूल्ल देखिएका प्रधानमन्त्री ओली आफ्नो सम्बोधनको क्रममा भने त्यत्तिकै गम्भिर बने। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब पाँचबर्ष भित्रमा कोही पनि नेपालीले गरिब हुनु पर्दैन।’
उनले आगामी पाँच वर्षमा नेपालबाट गरीबी हटाइने दाबी गर्दै नेपालीलाई गरीबीमा बाँच्न नसुहाउँने तर्क गरे। ‘स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपालीहरु गरिब हुनु सुहाउने कुरा होइन’ उनले भने, अब सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्ध नेपाल निर्माण गर्छ।’
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।