काठमाडौं– सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका हिन्दू धर्मगुरु श्रीनिवास आचार्य रिहा भएका छन्।
सुनसरीको चक्रघट्टीमा बस्दै आएका आचार्य मंगलबार बेलुका पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालयमा पाँच सय रुपैयाँ बुझाएर उनी बिहीबार रिहा भएका हुन्।
उनी पक्राउ परेपछि हिन्दू धार्मिक संगठनहरुले बिनाशर्त रिहाइको माग गर्दै आएका थिए।
उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आह्वान गर्दै चर्को भाषण गरेका थिए। गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनले विवादित अभिव्यक्ति दिएका थिए।
श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउनका लागि मंगलबार साँझ नियन्त्रणमा लिएको थियो। उनी यसअघि २०७४ चैत २५ गते आफैंलाई गोली हाल्न लगाएको आरोपमा पनि पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।