सांकेतिक तस्बिर काठमाडौं– चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन्।
दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ। पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी १४औं स्थानमा रहे।
पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए। यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी सातौं भएर छनोटमा परेका हुन्।
दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन्। सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।