काठमाडौं– उत्तरी गोरखाको साानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर दुर्घटनामा परेपछि उद्धारका लागि अर्को हेलिकप्टर पठाइए पनि दुर्घटनास्थलसम्म पुग्न सकेको छैन। खराब मौसमको हेलिकप्टर अवतरण गर्न सम्भव नभएको अल्डिच्युड एयरका मालिक फुर्वा शेर्पाले जानकारी दिए।
हेलिकप्टर धादिङ र नुवाकोटको सीमानामा पर्ने सत्यदेवी जंगलमा दुर्घटना भएको छ।
हेलिकप्टर आकास्मिक ल्यान्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको शेर्पाले बताए। जहाजमा सवार एक यात्रुसँग कुरा भएको उनको दाबी छ।
हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।