• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अस्थिरताको पर्याय कोशी सरकारः बहुमत जुटाउन मुख्यमन्त्री काठमाडौंमा

64x64
ईश्वर बराल बुधबार, असोज १७, २०८०  १५:३६
1140x725

काठमाडौं– कोशी प्रदेशमा पछिल्लो जेठ अन्तिम सातायता अस्थिरता छ। नयाँ निर्वाचन भएको १० महिना नपुग्दै सरकार फेरबदलले कोशीको राजनीतिक अस्थिरताले उचाई पाएको छ। 

जेठ अन्तिममा माओवादी केन्द्रसहितको बहुमतको सरकारको नेतृत्व गरिरहेका एमाले नेता हिक्मत कार्की आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा व्यस्त रहकै बेला माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो। जसका कारण कार्की अल्पमतमा परे र अध्यादेश मार्फत बजेट ल्याए। कार्कीले आफूलाई असार १५ गते संसद्‌मा परीक्षण गरे र असफल भए। 

लगत्तै कांग्रेसका उद्धव थापा बाहलवाला सभामुखको हस्ताक्षर ‘कीर्ते’ गरेर मुख्यमन्त्री भए, जसलाई सर्वोच्च अदालतले बदर गरिदियो। पुन: उनै सभामुखलाई राजीनामा गराएर थापाले अर्को पटक मुख्यमन्त्री हत्याए। जसलाई अदालतले पुन: खण्डित गरिदियो। साथै, संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश गरिदियो। 

अदालतको  आदेश अनुरुप नै एमालेका कार्की पुन: भदौ २२ गते मुख्यमन्त्री भएका छन्। उनलाई पनि बहुमत सिद्ध गर्न उत्तिकै चुनौती छ। 

कोशीको राजनीतिलाई नजिकबाट नियालेका सह–प्राध्यापक तथा अधिवक्ता उदय कटुवाल राजनीतिक दलहरुले संविधानको हुमर्त लिने देखि एकआपसामम तिक्तता साँधेको नतिजा प्रदेशले भोग्नु परेको बताउँछन्। 

‘प्रदेशमा चरम अस्थिरता छ। संविधानको हुर्मत लिनेदेखि एक अर्कालाई देखाउने भन्नेको नतिजा प्रदेशले भोग्नु परेको छ,’ कटुवाल भन्छन्, ‘अहिले जे भइरहेको छ यसले कार्की नेतृत्वको सरकारले पनि बहुमत पुर्‍याउने अवस्था छैन। कोशी प्रदेश खास अस्थिरताको पर्याय बनेको छ।’

बहुमत जुटाउन कार्की काठमाडौं
मुख्यमन्त्री कार्कीसँग अब बुहमत जुटाउनुपर्ने म्याद निकै किम्ती छ। उनले असोज २१ गते आफूलाई संसद्‌मा परीक्षण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ। उनले यसबीचमा विराटनगरमै अन्यदलहरुसँग घनिभूत छलफल चलाए तर प्रदेश तहका नेताले छिनोफानो केन्द्रबाटै हुने संकेत गरेपछि कार्की अहिले काठमाडौंमा छन्। 

कार्कीलाई आवश्यक ४७ सहित बुहमत पुर्‍याउन थप ८ सांसदको अवश्यक पर्नेछ। यसअघि आफूसँगै रहेको राप्रपाले पनि बहुमत नपुग्ने अवस्थामा समर्थन नगर्ने बताएपछि उनीसँग मौजुदा ३९ सांसदको समर्थन मात्रै छ। 

Ncell 2
Ncell 2

‘हामी बहुमत पुर्‍याउने कोशिशमा छौं। तर बहुमत जुटाउने काम काठमाडौंबाटै मात्र सम्भव रहेको यसअघिको परम्परा र वास्तिवकतालाई मध्यजनगर गर्दै मुख्यमन्त्रीजी राजधानी जानु भएको छ,’ कार्की नेतृत्वकै सरकारका एक प्रभावशाली मन्त्रीले ठ्टयौली पाराले नेपाल लाइभसँग भने।

एमालेको नेतृत्वले आफूबाटै फुटेर गएको एकीकृत समाजवादीलाई मनाउन कोशिश गरिरहेको छ। तर, प्रदेशबाट ग्रिन सिंग्नल पाए पनि केन्द्रीय नेतृत्वबाट संकेत मिल्ने छाँट नदेखिएको बताउँछन् कोशी सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो। 

‘एकीकृत समाजावादीको यहाँको नेतृत्वसँग राम्रो संवाद भएको छ। तर सो पार्टीको नेतृत्व भने सकारात्मक देखिन्न। हामी अधिकतम् लचिलो भएर पर्यत्न गर्छौं,’ मेन्याङ्बो भन्छन्। 

त्यसो त एमालेले माओवादीसँग पनि लचिलो भएर संवाद अघि बढाएको छ। माओवादीभित्र पनि प्रदेशको स्थिरताको लागि मिल्नुपर्ने मत छ। तर सो कुरा तत्कालका लागि पार्टी नेतृत्व सुन्न तयार नरहेको बताउँछन् माओवादीका एक नेता। 

‘हामी त एमालेसँग केही अन्डरस्ट्यान्डिङ गरेर मिल्नुपर्छ भन्ने मत राख्छौं। तर यो काठमाडौंको नेतृत्वले बुझ्दैन,’ प्रदेश सांसदसमेत रहेका एक माओवादी नेताले बताए। 

कांग्रेस–माओवादीको मूल नेतृत्व भने उपधारा ५ को पर्खाइमा छ। यसबीचमा यो गठबन्धनले काठमाडौंमा राप्रपासँग न्यानो सम्बन्ध बनाउन खोजेको छ। जसको फिर्ता उपधारा ५ मा हुने उसको विश्वास छ। संविधान अनुसार १६८ को उपधारा ३ बाट बन्ने सरकारले बहुमत पुर्‍याउन नसके सोही धाराको उपधारा ५ अनुसार जुनसुकै सांसदले आफूलाई बहुमत रहेको आधार प्रस्तुत गरेर सरकारको दाबी गर्न सक्छ। 

कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धनसँग आवश्यक ४७ सांसद छन् तर संसदीय खेलको उम्दा एमालेले घुमाइफिराइ संसद्को बैठकको अध्यक्षता सोही दलको सांसदलाई गराएपछि बहुमत अंक ४७ घटेर ४६ हुने स्थिति भएको छ। जुन यसअघि कांग्रेसका थापाले सोही प्रयास गरे। 

सामाजिक सञ्जालमार्फत् राय बुझ्दै राप्रपा
६ सांसद रहेको राप्रपाले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरे बहुमत पुग्छ। तर राप्रपा सरकार बनाउने क्रियामा नलाग्ने उद्घोष गरिसकेको छ। यद्यपि, अस्थिरता हुने भए आफू कारक नहुने बताउँदै आएको छ।

राप्रपा कोशीका संसदीय दलका नेता भक्ति सिटौला यो धारा ३ बाट बनेको सरकारलाई समर्थन गर्ने समझदारी नरहेको बताउँछन्। ‘हामीले उपधारा ५ मा पुगे सोच्न सकिन्छ भनेका छौं। यो उपधारा ३ को सरकारलाई समर्थन नगर्ने भन्ने हो। तर पनि यसको अन्तिम निर्णय गर्ने अधिकार पार्टी नेतृत्वलाई छाडेका छौ,’ सिटौलाले भने।

राप्रपाले कोशीको अन्तिम निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। यता लिङ्देन भने कोशीको बारेमा के गर्ने भन्ने सुझाव सामाजिक संजाल फेसबुकमा मागिरहेका छन्। मंगलबार साँझ फेसबुक मार्फत लिङ्देनले लेखेका छन्,‘कोशी प्रदेशमा राप्रपाले के गर्दा राम्रो होला?’

यो पनि पढ्नुहोस

कोशीमा सरकार : वर्ष ६, अंक ७

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्ति... मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त... मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । कांग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्... मंगलबार, पुस २२, २०८२
ताजा समाचारसबै
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ मौसम बुधबार, पुस २३, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्