काठमाडौं- अल्टिच्युड एअरको हेलिकोप्टर धादिङमा दुर्घटना भएको सूचना पाएपछि खोजीकार्य तीव्र पारिएको छ।
उत्तरी गोरखाको साानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको हेलकोप्टर बिहानदेखि सम्पर्कविहीन थियो। जसमा एक जापानी नागरिक पनि थिए।
लोकेसन म्यापका अनुसार धादिङको रि र सत्यदेवी भन्ने स्थानमा फोर्स ल्यान्ड गरेको देखिएको एयरलाइन्सका एक प्रतिनिधिले बताएका छन्। सोही ठाउँलाई केन्द्रित गरी हाल दुई हेलिकोप्टर उद्धारमा गइसकेका छन् भने गोरखाबाट प्रहरी टोली पनि खटिइसकेको छ।
उडेको हेलिकोप्टर बिहान ८ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो।
हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।