काठमाडौं- गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।
उत्तरी गोरखाको साामागाउँबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। बिहान ८ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुपर्नेमा अहिलेसम्म सम्पर्क हुन नसकेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
धादिङको सत्यदेवी भन्ने ठाउँमा दुर्घटना भएको सूचना आए पनि यकिन भइनसकेको उनले बताए।
हेलिकोप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।