बनेपा- पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ।
स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्थाले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी दुई सय जनालाई दर खुवाएको थियो।
विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ।
बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेका छन्।
बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुवै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सकको टोलीलाई आग्रह गरिसकिएको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।