ल्हासा- चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले आज बिहान तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन भ्रमण गरेका छन्।
दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्य राजदूत गोविन्द कार्कीले स्वागत गरे।
सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न आग्रह गरे। उनले नेपालसँग सीमा जोडिएको चीन (तिब्बत) बाट व्यापारिक रुपमा धेरै फाइदा लिन सकिने बताए।
भेटमा महावाणिज्य दूत गोविन्द कार्कीले महावाणिज्य दूतावासको अवस्था, नेपाल तिब्बत व्यापारको गति र सम्भावनाका बारेमा जानकारी गराएका थिए।
सभामुख महराले भोलि नै ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवनको शिलान्यास गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।