• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गेट–वे पेमेन्टमा '२३ करोड भ्रष्टाचार': सचिवसहित ९ जना तानिँदा मन्त्रीहरुलाई उन्मुक्ति!

64x64
दुर्गा दुलाल सोमबार, असोज १५, २०८०  २०:२०
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसहित ९ जनाविरुद्ध २३ करोड २७ लाखको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अर्थ मन्त्रालयमा हुँदा सहसचिवको रुपमा बजेट महाशाखाबाट गलत कार्यमा स्वीकृति दिएको भन्दै मरासिनी भ्रष्टाचार मुद्दामा तानिए। राष्ट्रिय पेमेन्ट गेट–वे प्रणालीका लागि सरकारले खर्च गरेको २५ करोडमध्ये २३ करोडमा भ्रष्टाचार भएको दाबी अभियोगपत्रमा गरिएको छ।

तर, यत्रो बिगो दाबी गर्दा अख्तियारले कर्मचारीहरुलाई मात्र किन अभियुक्त बनायो भनी प्रश्न उठेको छ। आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी २५ करोडमा पेमेन्ट गेट–वे प्रणाली खरिद गरी सरकारको सम्पत्ति गैरकानुनी तवरले हानी नोक्सानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले केन्द्रका तत्कालीन अध्यक्ष शर्मा, कार्यकारी निर्देशक उपाध्याय, केन्द्रका उपकार्यकारी निर्देशकसमेत रहेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल, केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालयको बजेट महाशाखाका तत्कालीन प्रमुख मरासिनी, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा तथा केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध मुद्दा दायर गरेको छ।

मरासिनीविरुद्ध आरोप : नीति तथा कार्यक्रममा समावेश नगरी बजेट 
अख्तियारले सचिव मरासिनीले अर्थ मन्त्रालयमा हुँदा नीति तथा कार्यक्रममा समावेश नभएको अवस्थामा रकम विनियोजन गरेको दाबी अभियोगपत्रमा गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेट–वे खरिदका लागि मरासिनीले २५ करोड बजेट निकासा गरिदिएको दाबी अभियोगपत्रमा छ।

नेशनल पेमेन्ट गेट–वे खरिद शीर्षकमा बजेट प्रविष्टिका नियमित चरणहरुमा पुरागर्नुपर्ने कुनै पनि कार्यसमेत नगरिएको र त्यसबारे आफू मातहत तथा माथिल्लो निकायलाई जानकारी समेत नदिएको अख्तियारको अभियोगपत्रमा भनिएको छ।

मन्त्री वा उच्च तहको जानकारीबिना सम्भव छ? 
जानकारहरूका अनुसार पेमेन्ट गेट–वे प्रणाली खरिदको खेल २०७४ सालदेखि नै भएको थियो। सेक्युरिटी प्रेसको खरिदमा भ्रष्टाचार मुद्दा खेपिरहेका विकल पौडेल कार्यकारी निर्देशक हुँदा नै सुरु भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन समयमा प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली रहेका थिए भने अर्थ मन्त्रालयको जिम्मेवारीमा युवराज खतिवडा र सञ्चार मन्त्रीमा गोकुल बाँस्कोटा थिए। यसको खरिदको खेल पौडेलको सरुवा भएपछि सूचना प्रविधि केन्द्रमा सुनिल पौडेल प्रमुख भएर आएपछि पुन: सुरु भयो।

उनले निमित्त कार्यकारी निर्देशकको रुपमा यसलाई अघि बढाए। २०७५ असार १९ गते मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण विद्युतीय बनाउने भन्दै केन्द्रले सीएमए नामक कम्पनीसँग नेशनल पेमेन्ट गेट–वे प्रणाली खरिद सम्झौता गर्‍यो।

२४ करोड ७५ लाख २२ हजार लागत अनुमान गरिएको प्रणालीलाई सीएमएले २४ करोड ४२ लाखमा आपूर्ति र जडान गर्न ठेक्का पायो।

१० दिनमै खरिद 
यो प्रक्रिया यति द्रुत गतिमा अघि बढ्यो कि त्यति छिटो नेपालको कुनै पनि सरकारी निकायमा यसरी फाइल अघि बढ्दैन। सूचना प्रविधि केन्द्र, सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेर सम्झौता भएको १० दिनभित्रै प्रणाली खरिद भयो।

नेपालमा कुनै पनि खरिद यति द्रुत गतिमा भएको रेकर्ड छैन। यसको खरिद अघि नै सञ्चालनको अनुमति नेपाल राष्ट्र बैंकबाट लिनुपर्ने थियो तर यसको सुइँकोसमेत उसले पाएन। नेपालमा खरिद भएर सामग्री आयो तर नेपाल राष्ट्र बैंकले महालेखाको प्रतिवेदनमा आएपछि जानकारी पायो।

भुक्तानी फर्छ्यौट ऐन २०७५ अनुसार राष्ट्र बैंकले अनुमति नदिई यस्तो सेवा सञ्चालनमा गर्न पाइँदैन तर केन्द्रले यी सबै कानुनलाई बेवास्ता गर्दै खरिद गरियो। यो तहसम्मको हिम्मत कर्मचारीहरुको मात्र मिलेमतोमा हुनै नसक्ने विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको दाबी छ। 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले पनि यसमा प्रधानमन्त्री वा मन्त्री अनभिज्ञ वा संलग्न थिएनन् भन्न नसकिने दाबी गरे।

‘२५ करोडको खरिदमा कुनै पनि निकायलाई जानकारी नदिई र मन्त्रीको पनि सूचना नभई अझ प्रधानमन्त्रीलाई समेत थाहा नभई कसरी सम्भव भयो?,’ केसीले भने,  ‘एउटा कर्मचारीको मात्र मिलेमतो वा सल्लाहमा यत्रो काम हुनै सक्दैन। एउटा शाखा अधिकृत सरुवामा त प्रधानमन्त्रीको स्वार्थ देखिन्छ। यसमा कसरी उन्मुक्ति भयो?’

महालेखाको पनि प्रश्न
महालेखा परीक्षकको ६० औं प्रतिवेदनले पनि गेट–वे किन्नुअघि पर्याप्त पूर्वतयारी, अध्ययन र समन्वय नहुँदा सो प्रणाली सूचना प्रविधि केन्द्रमै थन्किएको उल्लेख गरेको छ।

‘एक आपूर्तिकर्तासँग अमेरिकी डलर १९ लाख ८२ हजारमा खरिद सम्झौता भएकोमा हालसम्म अमेरिकी डलर १८ लाख ६७ हजार भुक्तानी भएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।

भ्याटसिहत ठेक्का रकम २२ लाख ४७ हजार अमेरिकी डलर बराबरको थियो। महालेखाले ९३ प्रतिशत भुक्तानी हुने अनि पाँच वर्षसम्म सञ्चालन नहुने कुरालाई आफ्नो प्रतिवेदनमा जोड दिएर उठाएको छ। त्यस्तै कानुनी संरचना नै नहुँदा बैंकहरुले त्यसलाई सञ्चालन ल्याउन नसकेको भनेको छ।

अख्तियारले बचाउने मात्र काम गर्‍यो : कार्की 
विशेष अदालतका पू्र्वअध्यक्ष गौरीबहादुर कार्कीले अख्तियारले यो मात्र नभई पछिल्ला हरेक भ्रष्टाचारका मुद्दाहरुको अभियोगपत्र हेर्दा राजनीतिक तहलाई बचाउने काम गरेको टिप्पणी गरे।

‘अख्तियारको काम नै माथिल्लो तहमा बसेकाहरुलाई बचाउने देखिएको छ,’ कार्कीले भने, ‘अख्तियारमा पदाधिकारीलाई नियुक्ति गर्ने नै तिनै हुन्छन्। नियुक्ति गर्दा नै बोलकवोल गरिन्छ, जस्तो लोकमानसिंह कार्कीको नियुक्ति । अनि कसरी उनीहरुविरुद्ध मुद्दा दायर गरिन्छ।’

‘अहिले अख्तियारमा रहेका प्रमुखदेखि आयुक्तसम्म केपी शर्मा ओलीले नै नियुक्ती गरेका व्यक्तिहरु भएकाले उनीहरुले कसरी एमालेका नेताहरुमाथि नै मुद्दा दायर गर्छन्?’ उनले थपे। ओलीमात्र नभई अन्य उच्च तहमा पनि अख्तियारले हात नहाल्ने कार्कीको बुझाइ छ। वर्तमान सत्ता  गठबन्धन होस् वा प्रतिपक्ष कसैलाई पनि अख्तियारले प्रतिवादी नबनाउने उनी बताउँछन्।

अख्तियारले राजनीतिक तहमा छुँदैन भन्ने कुरा पशुपतिको जलहरीमा पनि प्रष्ट देखिएको उनको टिप्पणी छ। ‘दुई वर्षसम्म चुप बसेको अख्तियार संसद्‌मा कुरा उठेपछि मुद्दा दायर गर्छ अनि त्यो पनि तीन जनाविरुद्ध मात्र,’ कार्कीले भने, ‘गेट–वे पेमेन्टको मुद्दा पनि यस्तै हो। महालेखाले पाँच वर्षकै कुरा उठायो तर अख्तियारले तत्कालीन समयमा केही गरेर अहिले केही कर्मचारीलाई मात्र मुद्दा दायर गर्‍यो। यसमा पनि राजनीतिक व्यक्तिहरुले उन्मुक्ति नै पाए।’

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ठूलो जोखिम उत्प... आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएक... आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले यस्ताे प्रस्ताव पारित गरेको... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्