ब्रसेल्स- क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि त्यसलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दबाब दिने क्रम बढ्दो देखिएको छ।
युरोपेली युनियन (ईयु) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गरेका छन्। त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले पनि जनमत सङ्ग्रह सर्वस्वीकार्य नभएको बताउँदै यसबाट पछि हट्न आग्रह गरे।
स्वतन्त्रता सम्बन्धी निर्णयको विरोधमा बार्सिलोना तथा म्याड्रिडमा पनि दिन प्रतिदिन विरोधका स्वर चर्किंदै गएका छन्। निर्णयको विरुद्धमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन्।
क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कार्लेस पुज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गर्नुपरेको हो।
गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन्।
बार्सिलोनाका मेयरले क्याटलन नेता पुज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राजोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन्।
मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पुज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राजोयलाई मड्रिडलाई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न बताए।
आफूले पुज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताए।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।