काठमाडौं- नोबेल पुरस्कार अन्तर्गत यस वर्षको शरीर विज्ञान तथा औषधि विधाको पुरस्कार कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ। नोबेल विश्वको सर्वोच्च पुरस्कार हो।
कटलिन र वायसमानलाई कोभिड १९ विरुद्धको प्रभावकारी खोप विकास गर्न सक्षम पार्ने न्यूक्लियोसाइडमा आधारित परिमार्जनसम्बन्धी खोज गरेको भन्दै सम्मानित गरिएको हो।
उनीहरूले सन् २०२० को अन्त्यमा न्यूक्लियोसाइडमा आधारित दुई अत्यधिक सफल खोपहरूको अनुमोदन गराएका थिए। खोपले लाखौँ मानिसको ज्यान जोगाएको थियो। महामारीका रुपमा फैलिएको रोग नियन्त्रणमा खोपले महत्वपूर्ण काम गरेको थियो।
सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने गरेको छ।
विजेतालाई नोबेल पुरस्कारका रूपमा प्रमाणपत्रसहित बाह्र लाख अमेरिकी डलर प्रदान गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।