काठमाडौं– बिहीबार बेलुका नेपाल एयरलाइन्सको नाइएन डब्लु कलसाइन विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोकियो। जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएको थियो।
उक्त जहाज अहिले ग्राउन्डेड छ। मर्मत कार्य पनि जारी छ। मर्मत पछि जहाजको नियमित उडान हुने बताइएको छ।
‘जहाजको पखेटामा समान्य क्षति पुगको हो’, नेपाल वायु सेवा निगम (नेवानी)का प्रवक्ता रविन्द्र श्रेष्ठको भनाइ छ।
यस्तैगरी, केही महिना अगाडि पनि निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सको एयरबस पनि चरासँग ठोक्किँदा एक साताभन्दा बढी ग्राउन्डेड भएको थियो। यी त पछिल्ला प्रतिनिधि घटना मात्रै हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाडो मौसम सुरु भएसँगै चराले सताउने गरेको छ। उपत्यकामा चिसो बढेसँगै चराहरु पारिलो ताप्नका विमानस्थलको खुल्ला ठाउँ खोज्दै आउँछन्। त्यसको प्रत्यक्ष असर विमानस्थललाई परिरहेको छ।
विश्वका विमानस्थलमा चरा धपाउन आधुनिक प्रविधि प्रयोग भइसकेको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने सिकारीमार्फत चरा धपाउँदै आएको छ।
विमानस्थल कार्यालयले पशुपन्छी आउन नदिन ४ वटा प्रविधि अपनाइँदै आएको जनाएको छ। यसमा ग्यास क्यानन, एक्रो क्रो, वेलर मेसिन र सिकारी छन्।
जहाजमा चरा ठोक्किएका यी ६ घटना
१) सन् १९६६ मा थाइ एयरवेजको ए–३०० जहाज दुर्घटना।
२) सन् २०१० मा बंगलादेशको डिसी–१० जहाज दुर्घटना।
३) सन् २०१२ सेप्टेम्बरमा सीता एयरको जहाज दुर्घटना।
४) सन् २०१४ को डिसेम्बरमा जेट एयरवेजको जहाज पनि चरासँग ठोक्किएर दुर्घटना।
५) २०१५ मा टर्किस एयरको जहाज पनि चरासँग ठोक्किएर दुर्घटना भएपनि कुनै मानवीय क्षति नभएको।
६) सन् २०१६ मा गोमा एयरको जहाज लुक्लामा चरासँग ठोक्किएर दुर्घटनाग्रस्त।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।