काठमाडौं– ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई काठमाडौं जिल्ला अदालतले थप तीन दिन म्याद अनुमति दिएको छ।
चलचित्र ‘रावायण’ फिल्मका लागि एड्भान्स लिएर काम नगरेको र रकम पनि फिर्ता नगरेको भन्दै निर्माता सुप्रिया कटुवालले दायर गरेको उजुरीपछि केसी पक्राउ परेका थिए।
शुक्रबार पक्राउ परेका केसीलाई प्रहरीले आइतबार अदालतमा पुर्याएको थियो। अदालतले तीन दिन म्याद थप गरेको हो।
तर उक्त म्याद शुक्रबारदेखिको मिलान गरिएको छ। यदि प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भए अर्को म्यादका लागि फेरि अदालतमा उपस्थित गराउनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।