काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेसनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो।
विभागको शुक्रबार बसेको बैठकले इन्टरनेसनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागले प्रदान गरेको गुणस्तरअनुसार उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गर्दै आइरहेको जानकारी दिए।
विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेन्ट तथा छड उद्योगलाई कारबाही गरिसकेको छ।
इजाजतपत्र रद्द गरेसँगै उद्योग सञ्चालन गर्न पाइँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।