काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले तराई–पहाडलाई जोड्ने गरी विशेष अभियान सञ्चालन गनुपर्ने बताएका छन्।
पूर्व राष्ट्रपति यादवले राजनीतिक दलहरुले तराई–पहाडबीच फाटिएको मनलाई जोडने प्रयास नगरेकोमा असन्तुष्टि पनि व्यक्त गरे। शुक्रबार काठमाडांैमा आयोजित ‘विपी साहित्य सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यकारहरुले पनि तराई–पहाडलाई जोड्न पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले तराई, पहाड र हिमाललाई एकतावद्ध बनाएर मुलुकको विकास गर्ने विपी कोइरालाको परिकल्पना साकार पार्न सबै पक्षले लाग्नुपर्नेमा पनि जोड दिए। उनले कांग्रेसमा तराईलाई नेतृत्व दिने नेताको खडेरी परेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
पूर्व राष्ट्रपति यादवले मुलुक संघीयतामा गएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने आवश्यकता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।