• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आन्दोलनरत चिकित्सकलाई गृहको आग्रह– माग पूरा भइसक्यो, काममा फर्किनुहोस्

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, असोज १३, २०८०  ११:२२
1140x725

काठमाडौं- देशभर विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू पाँच दिनदेखि काठमाडाैंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन गरिरहेका छन्। सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो। तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। 

पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो। 

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका विषयमा गृह मन्त्रालयले घटनाका दोषीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा ल्याइसकेको बताएको छ। गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले दोषीको पहिचान गरी पक्राउ गरिसकेको जानकारी दिए। उनले भने,‘पछिल्लो समय मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका ठाउँमा घटना स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनाहरू घटेका छन्। बिरामीको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले घटना घटाएको देखिन्छ। हेडौँडाको अस्पतालको विषयमा पहिचान भएका ९ जनामध्ये ६ जनालाई नियन्त्रणमा लिएर तोकिएको ऐनबमोजिम कारबाही अघि बढेको छ।' उनले फरार रहेका तीन जनाको खोजी कार्य जारी रहेकाे बताए।

यसैगरी पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने अभिव्युक्तहरू समेत पक्राउ परिसकेकाे बताए। उनले भने, 'उनीहरूमाथि म्याद थप भइ अनुसन्धान भइरहेको छ। सोही घटनामा संलग्न प्रहरी नायव उपरीक्षकलाई हेडक्वाटर बोलाइएको छ भने अर्का एक जना प्रहरी निरीक्षकलाई निलम्बन गरिसकेका छौं।’ 

उनले स्वास्थ्य संस्था ऐनबमोजिम कारबाही अघि बढाइसकेकाले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएर चिकित्सकलाई काममा फर्किन अनुरोध गरेका छन्। गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीहरू समेत संवेदनशील बनेर काममा फर्किनुपर्ने बताए।

उनले भने, ‘सडकमा आएर सेवा नै अवरुद्ध गर्नुपर्ने अवस्था छैन। सडकमा आएको ६–८ घण्टाभित्रै माग सम्बाेधन भइसकेकाे छ। घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढिसकेकाे छ। सर्वसाधारणकाे अधिकार हनन हुनेगरी आन्दोलन नहाेस्।’

उनले स्वास्थ्यकर्मीहरूका दीर्घकालीन नीतिगत कुराबाहेक मूलभुत माग पूरा भइसकेका दाबी गरे।

आन्दोलनरत चिकित्सकहरू के भन्छन्? 
सडक आन्दोलनको नेतृत्व गरिरहेका डा सन्दीपकुमार उखेडाले स्वास्थ्यकर्मीले उपचारमा लापरबाही नगरेकाे दाबी गरे। उनले भने, ‘पछिल्लो १० दिनमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि चारवटा आक्रमणका घटना घटेका छन। सुरक्षाको प्रत्यानुभूति हुन नसक्दा हामी सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको हो। मणिपाल अस्पतालमा चिकित्सकहरू सरकारी निकाय र भीडबाटै कुटिनु परेको छ।’ 

Ncell 2
Ncell 2

चौथो दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै डा उखेडाले बिरामी र उनका आफन्तको आक्रोशका कारणले पनि घटना घटिरहेको टिप्पणी गरे। 

स्वास्थ्यकर्मीकाे अल्पज्ञान र लापरबाहीले घटना नघटेकाे दाबी गर्दै उनले भने,‘गल्ती गरेको भए स्वास्थ्यकर्मीहरूलाई  समेत कडा कारबाही गर्न अनुरोध छ। भावावेशमा आएर घटनाका दोषीलाई उन्मुक्ति नदिइयोस। भीडलाई निरूत्साह गर्नुपर्छ।’ उनले भिडियोमा देखिएका दोषीहरूलाई तत्काल कारबाही गरे आन्दोलन फिर्ता लिने बताए। 

सरकारी,चिकित्सक संघका अध्यक्ष डा समाज गौतमले सरकारले आफूलाई सेवाका लागि गाउँमा खटाएको तर सेवा प्रदान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले भने,‘सडकमा हामीहरू भन्दा  पनि सरकार आउनुपर्ने हो। कामका लागि गाउँमा खटाउने, सुरक्षा दिन नसक्ने? ४० वर्षदेखि काम गरिरहेका छौँ। कहिलेकाहीँ त्रुटि हुनसक्छ। भिडियोमा देखिएका दोषीलाई किन पक्राउ गरिन्र?’ उनले सबै डाक्टरहरूलाई संघबाटै खटाउने व्यवस्था गर्न समेत सरकारलाई अनुरोध गरे। साथै उनले स्वास्थ्यकर्मीहरूको दरबन्दीसमेत कम भएका कारण गुणस्तरीय सेवा दिन नसकेको बताए। 

कानुन संशोधन गर्न माग 
चिकित्सक संघ नेपालका अध्यक्ष अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन गर्नुपर्ने बताए। उनले भने, 'अहिलेको मौजुदा कानुन संशोधन गर्नुपर्छ। कानुन आफैँमा अपुरो छ। यसले सबैलाई समेटेको छैन।’ उनले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई राजनीतिक संरक्षण भइरहेको बताए। घटनामा राजनीतिक दलका भातृ संगठनहरूको संलग्नता रहेने बताउँदै उनले दाेषीलालाई  राजनीतिक संरक्षण गर्न नहुने बताए। उनले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूले आधारभूत हक अधिकार समेत नपाएको गुनासाे गरे।

चिकित्सकका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए।

जोशीले भने, ‘चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो। चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित, हिंसारहित बनाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने। चिकित्सकहरू एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत् हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छौं। समितिको तर्फबाट भएका पहलकदमीबारे डा. तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ।’

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
जनकपुरधाममा विवाह पञ्चमी अवसरमा १११ मिटर लामो चुनरी अर्पण अध्यक्ष रुंगटाका अनुसार यस वर्ष पनि विवाह पञ्चमीको प्रसंगमा श्रद्धा, भक्ति र समर्पणसहित जानकी मन्दिरमा चुनरी अर्पण गरिएको हो। विवाह... आइतबार, मंसिर ७, २०८२
यसरी पुनःस्थापित गरियो बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो। शनिबार, मंसिर ६, २०८२
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक... मंगलबार, मंसिर २, २०८२
ताजा समाचारसबै
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ) सोमबार, मंसिर १५, २०८२
सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा माओवादी नेता अन्सारी पक्राउ सोमबार, मंसिर १५, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मिति घोषणा गर्ने सोमबार, मंसिर १५, २०८२
एनपिएल: आज विश्राम, भोलि दुई खेल हुने सोमबार, मंसिर १५, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्