सिन्धुपाल्चाेक- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट हाम फाली बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले फेला पारेको छ। शुक्रबार प्रहरीले मेलम्चीको ढकालखहरेस्थित ईन्द्रावती खोलाको बीच भागमा शव फेला पारेको हो।
सोही जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षीय विष्णु प्रसाद गजुरेल असोज ११ गते साे खोलामा हाम फाली बेपत्ता भएका थिए।
सो घटनाबारे जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव फेला पारेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।