काठमाडौं- खोटाङमा एक जना गाडी चालक मृत फेला परेका छन्। खोटाङको रावाबेसी गाउँपालिका–४ स्थायी घर भएका चालक नवराज आचार्य बिहीबार बिहान ऐंसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय जाने बाटोमा मृत फेला परेका हुन्।
बाटोको डिलमुनि खसेर घोप्टो परेको, दुई हात दुई वटा काठको मुढोले किचेको अवस्थामा आचार्यको शव फेला परेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए।
आचार्यको साथमा मोबाइल र गाडीको चाबी भेटिएको प्रहरीले बताएको छ। आफन्तले घटनालाई शंकास्पद मानेको र अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।