काठमाडौं– चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालले विजयी सुरुवात गरेको छ।
नेपालले मंगोलियालाई ३–१ ले हराउँदै विजयी सुरुवात गरेको छ। नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीले जित निकाल्दै अन्तिम ८ मा बनायो।
नेपालले पुरुषमा मंगोलियालाई ३-१ हरायो। पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहाल र सुनिल जोशीले जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका हुन्।
प्रिन्सले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिलले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराए। प्रिन्सले २१-८ र २१-१४ ले जित निकाले। सुनिल २१-११ र २१-७ ले विजयी भए।
तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भए। विष्णु २१-२३, २४-२२ र १७-२१ ले पराजित भए।
महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भयो। नेपालकी रसिला महर्जन, नङशल तामाङले हार बेहोर्दा अनुमाया राईले मात्र जित निकाल्न सकिन्। डबल्समा पनि नेपालका रसिला र अनुमाया पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।