काठमाडौं– घरेलु हिंसाको विषयवस्तुमाथि पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ।
सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो।
हरेक मंगलबार राति ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत् हेर्न सकिनेछ। सीताको भूमिकामा सुनिसा बजगाईँ छिन्।
त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापति, बालकृष्ण ओली, राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भूमिका देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।