एमाले अध्यक्ष केपी शर्मा ओली (फाइल तस्बिर) काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्न अनुरोध गरेका छन्।
देशका विभिन्न ठाउँमा डाक्टरलाई हातपात र दुर्व्यवहार भएका समाचार आइरहेको उल्लेख गर्दै ओलीले डाक्टरहरुप्रति सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्।
ओलीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डाक्टरको महत्त आफू स्वयंले पनि आफ्नो जीवनमा महसुस गरेको उल्लेख गरेका छन्।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ- डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं। सम्मान र हार्दिकता विकास गरौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।