काठमाडौं- अभिनेत्री रेखा थापा गर्भवती अवस्थामै फिल्मको सुटिङ गरिरहेकी छिन्। चार महिनाकी गर्भवती रहेकी उनले यही अवस्थामा सुटिङ पूरा गर्न लागेकी हुन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्म ‘उपहार’मा उनको मुख्य भूमिका छ। फिल्ममा दुई दृश्यमा उनको एक्सन र एउटा गीतसमेत रहेको छ। जसको छायांकन उनले गर्भवती अवस्थामै सकाएको बताइन्।
चिकित्सकले उनलाई आमा बन्ने समय भने माघ अन्तिम तथा फागुनको पहिलो साता तय गरेका छन्। फिल्मको सुटिङ अझै १५ दिन बाँकी रहेको उनले नेपाललाइभसँग बताइन्।
उनले भनिन्, ‘चिकित्सकले तीन महिना बितेपछि अलि बढी सक्रिय हुँदा फरक नपर्ने भनेकाले अहिले सुटिङमा बढी व्यस्त भएकी छु। आगामी १५ दिन जतिमा सकिन्छ।’
उनले २०७८ सालमा व्यवसायी बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।