काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले यस्तो टिप्पणाी गरेका हुन्। उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेहरुले निरिह र छायामा राख्ने काम भइरहेको बताए।
उनले भागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरुले छाया बन्न नदिनुपर्ने बताए। नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरुले छायामा राख्दा स्वतन्त्र संवैधानिक निकायहरु अझ निरिह हुनसक्ने दाबी गरे।
यस्तै उनले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुजु कम गर्ने विषयमा कडाई गर्न आवश्यक रहेको बताए। महालेखानियन्त्रक कार्यालयले रकम निकासामा कडाई गर्दा पनि बेरुजु कम हुनसक्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।