• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राहत शिक्षक निरन्तर सडकमा, शिक्षा मन्त्रालय भन्छ- आन्दोलन छोडेर विधेयकमा संशोधन हाल्नुहोस्

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, असोज ९, २०८०  २०:०६
1140x725

काठमाडौं- सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरु सुनुवाइ नभएको भन्दै राहत शिक्षक निरन्तर सडक आन्दोलनमा छन्। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए।

विद्यालयमा पठनपाठन ठप्प पार्दै सडकमा ओर्लिएका राहत शिक्षकहरु आफ्ना मागहरु सुनुवाइ नहुँदासम्म कुनै पनि हालतमा काठमाडौं नछोड्ने अडानमा छन्।

यसअघि नेपाल शिक्षक महासंघ लगायतले संयुक्त आन्दोलन गरेको भए पनि सरकारसँगको वार्तापछि आन्दोलनरत शिक्षक महासंघ लगायतका विभिन्न दलगत भ्रातृ शिक्षक संगठनहरुले भने आफ्नो आन्दोलन फिर्ता लिइसकेका छन्। तर राहत शिक्षकहरु वार्तामा आफ्ना माग सम्बोधन नभएको भन्दै वार्ता बहिष्कार गरी आन्दोलनमा उत्रिएका थिए।

नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलनमा होमिएका छन्।

कसरी आएको थियो राहत शिक्षकको अवधारणा? 
विसं २०५६ सालदेखि नयाँ शिक्षक दरबन्दी नथपिएपछि शिक्षक अपुग भएका विद्यालयहरुमा अनुदानमा स्वरुप राहत शिक्षकहरु भर्ना गरिएको थियो। विश्व बैंकको सहयोगमा सबैका लागि शिक्षा कार्यक्रममा विद्यार्थीहरुको संख्या यकिन हुन नसक्दा २०५७ मा शिक्षा ऐन संशोधन भएपछि नियमावली बनाइएको थियो। विद्यालय शिक्षा विधेयक २०८० मा पनि ४० हजार राहतका शिक्षककै लागि दरबन्दी थप्ने व्यवस्था गरिएको छ। 

यसअघि २०७५ असोज २१ मा देशभरका राहत शिक्षकहरूले स्थायीको माग गर्दै बृहत प्रदर्शन गरेका थिए। त्यही आन्दोलनका कारण शिक्षा मन्त्रालयले राहत शिक्षकका माग सम्बोधन गरेको थियो । 

संघीय शिक्षा ऐन जारी नहुँदासम्म राहत शिक्षकले पनि स्थायी शिक्षक सरहको सेवा, सुविधा पाउने सहमति भएको थियो। तर अहिले राहत शिक्षकहरु स्वतः स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा छन्। सामुदायिक शिक्षाको सुधार र गुणस्तर वृद्धिमा राहत शिक्षकहरु मेरुदण्ड भएको उनीहरूको दाबी छ। सरकारले आफूहरूलाई विस्थापित गर्ने तयारी गरेको भन्दै उनीहरू वार कि पारको लडाइँमा छन्। आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्।

सरकारले गत भदौ २७ गते संसद्‌मा दर्ता गराएको विधेयकमा भने ५० प्रतिशतलाई मात्र सीमित प्रतिस्पर्धा र ५० प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसअघि भएको सहमतिको मस्यौदा अन्तिममा तोडमोड गरिएको भन्दै राहत शिक्षकहरु आन्दोलित बनेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षक महासंघसँग सरकारले गरेको ६ बुँदे सहमतिमा असन्तुष्ट 
राहत शिक्षकहरुले शिक्षक महासंघले आफूहरुलाई धोका दिएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताइरहेका छन्।

असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएको थियो। साविक उच्च माविमा स्वीकृत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको सीमिति प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख छ। शिक्षक महासंघले सडक आउँदा एक र सरकारसँग वार्ता गर्न जाँदा आफ्ना माग बिर्सिएको राहत शिक्षकहरुको आरोप रहेको छ।

आन्दोलनरत राहत तथा बाल विकास शिक्षकहरूको माग भनेको, राहत शिक्षकलाई स्थायी व्यवस्थापनका लागि परीक्षा दिने व्यवस्था मिलाउने र उत्तीर्ण हुनेलाई स्थायी शिक्षकमा नियुक्त गर्नुपर्ने र अनुत्तीर्ण हुनेलाई भरणपोषण सहित घर पठाइनुपर्ने माग रहेको छ। 

सरकारले सम्झौता गरेका विषय कार्यान्वय हुन नसकेको आरोप 
शिक्षाविद् डा विद्यानाथ कोइरालाले राहत शिक्षकहरुको आन्दोलन स्वभाविक रहेको टिप्पणी गरे। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘स्वत: स्थायी गर्नुपर्ने पक्षको कुरामा उहाँहरु पनि हुनुहुन्न। समय चाहिँ दुई वर्ष, तीन वर्ष, चार वर्ष कति वर्ष दिने हो दिनुपर्छ। त्यही विषयमा उहाँहरु हुनुहुन्छ। दोस्रो भनेको आफ्नो अनुभवलाई जोड्ने कुराहरुमा उहाँहरु मान्नु हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले राहत शिक्षकहरुलाई अरु शिक्षकहरु सरह सेवा-सुविधा दिनुपर्नेमा जोड दिए। डा कोइरालाले शिक्षक सेवा आयोगको परीक्षा प्रत्येक तीन/चार महिनामा हुनु पर्नेमा जोड दिए। ‘सरकारले यसअघि उहाँहरुका मागहरुमा पटकपटक सम्झौता गर्‍यो। तर पूरा गरेन। देवेन्द्र पौडेल शिक्षामन्त्री भएको बेला ५१ बुँदे सम्झौता भयो। तर त्यो कार्यान्वयन भएन। त्यसअघि १७ बुँदे सम्झौता पनि भएको थियो। तर कार्यान्वयन भएन,’ उनले भने।

उनले नेतृत्वले बोलिदिने तर नगरिदिने खराबी भएको टिप्पणी गरे। कोइरालाले क्षमताका आधारमा पदोन्नति गर्नुपर्ने बताए। अहिले बजारमा नयाँ विद्यार्थीहरु आएको र पुरानो अनुभवले व्यवस्थापन नगर्ने उनले बताए। त्यसका लागि राहत शिक्षकहरुले परीक्षामार्फत प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिए। 

शिक्षा मन्त्रालयका एक सहसचिव भने राहत शिक्षकहरुको आन्दोलन हुनुमा  शिक्षक महासंघ दोषी रहेको दाबी गर्छन्। ती सहसचिवले नेपाल लाइभसँग भने, ‘हामी राहत शिक्षकहरुसँग सम्पर्क गर्ने प्रयासमा छौं। नेपाल शिक्षक महासंघ पनि लागिरहेको छ। हामी त आन्दोलन फिर्ता लिनुहोस्। संसद्‌मा दर्ता भएको विधेयकमा संशोधनतर्फ लाग्नुहोस् भन्ने छ।’

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्