काठमाडौं– राष्ट्रिय सभाको बैठक सरेको छ। यसअघि असोज १२ गते बस्ने तय भएको बैठक असोज १८ गतेका लागि सारिएको हो।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक सरेको जानकारी गराएको छ।
संसद् सचिवालयले राष्ट्रिय सभाको अर्को बैठक असोज १८ गते बिहीबार, दिनको १:१ बजे बस्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।