बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (मंगलबार) छोङछिङ पुगेका छन्। उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे।
प्रधानमन्त्रीले मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन्। उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन्।
छोङछिङमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्याजुनबीच मंगलबार भेटघाटको कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।