काठमाडौं– विशेष अदालत काठमाडौंले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको हो।
अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। श्रेष्ठ खिलराज रेग्मीको सरकारमा पर्यटनमन्त्री थिए।
उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो।
नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ रेग्मी नेतृत्वको सरकारमा मन्त्री भएपछि विवादमा पनि परेका थिए। उनी कर्जाको कालो सूचीमा परेको विवाद सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।