काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। यसअघि भदौ २२ गते आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल बनाएका कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
कार्कीले आफ्नो मन्त्रिपरिषद्मा दुई जना मन्त्री र दुई जना राज्यमन्त्री थप गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार कोशी सरकारमा लिला बल्लब अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुद्धिकुमार राजभण्डारीले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
नयाँ थपिएकासँगै कार्कीको सरकारमा उनीसहित ९ जना सदस्य रहेका छन्। यसअघि भदौ २२ गते सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीको कार्यभार सम्हालेका कार्कीले तिलकुरमा मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्री बनाएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।