काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको भक्तपुर यात्राबारे कटाक्ष गरेका छन्। ज्ञानेन्द्र आइतबार तलेजु मन्दिरमा दर्शनका लागि पुगेका थिए। उनलाई मान्छेहरूको भिडले स्वागत गरेको थियो।
'कोही अडिन खोज्दैछन्, कोही बन्न खोज्दैछन्। अनेक कुरा गर्छन्। कोहीकोहीका अनौठा सपनाहरू पनि देखिए', ओलीले भने, 'हिजो भक्तपुरमा एउटा राम्रो नाटक मञ्चन गरेको देखियो। महिनौं लगाएर तीन चार हजार मान्छे भेला गरेर, ओहो धुमधाम।'
उनले भक्तपुरका जनताचाहिँ रमाइलो भनेर हेर्न गएको ओलीको भनाइ थियो। 'यहाँ त बिस्केट हुन्थ्यो, के हुन्थ्यो, लाखे हुन्थ्यो, कुनचाहिँ यो जात्रा आयो भनेर भक्तपुरका जनता वरिपरि बसेर हेरे', ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।