काठमाडौं– निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’ आगामी माघ २६ गते प्रदर्शन हुने भएको छ। सोमबार फिल्मको फर्स्टलुकमा पनि सार्वजनिक गरिएको छ।
अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ पोस्टरमा देखिएका छन्। अभिमन्यु भारतीय मोडल हुन्। यो नै उनको पहिलो फिचर फिल्म हो।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन्। उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत चर्चित छ।
एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन्। अंकित गौतम कार्यकारी निर्माता रहेको सिनेमाको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन्।
निर्माता अमित स्वयंको फिल्ममा पटकथा लेखन रहेको छ।
फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।