काठमाडौं– बलिउड अभिनेता सञ्जय दत्त र टाइगर श्राफ फिल्म ‘मास्टर ब्लास्टर’मा काम गर्ने भएका छन्।
बलिउड फिल्म निर्माता फिरोज ए नाडियाडवालाले फिल्म ‘मास्टर ब्लास्टर’ बनाउन लागेका छन्। यस फिल्ममा सञ्जय दत्त र टाइगर श्राफको मुख्य भूमिका रहनेछ।
फिल्म मार्फत् सञ्जय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। ‘मास्टर ब्लास्टर’ एक एक्सन कमेडी फिल्म हो।
फिल्मको छायांकन हङकङ, मकाउ र चीनमा ठूलो मात्रामा हुनेछ, जसमा लस एन्जलस र चीनका प्राविधिक टोली छन्।
फिल्म मास्टर ब्लास्टरका स्टारहरूले मार्सल आर्टको कडा तालिम लिनुपर्नेछ। यसमा लडाइँ र पुरातन विधिहरू समावेश छ।
स्टारहरूको यो प्रशिक्षण शाओलिन भिक्षुहरूको निरीक्षणमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।