• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाजुराका अनाथ बालबालिकाका सहारा बनिरहेका युवा 

64x64
कल्पना घिमिरे शनिबार, असोज ६, २०८०  ११:००
1140x725

काठमाडौं-  गणेश थापा बाजुराको ताप्रामा जन्मिए तर उनले बाल्यकालका अधिकांश समय महेन्द्रनगर र धनगढीमा बिताए। छुट्टीको समयमा बाजुरा पुग्थे र केही दिन घुमघाम गर्थे, आफन्तलाई भेट्थे र फर्किन्थे। बाजुरा पुग्दा उनले त्यहाँका दुःख नजिकबाट नियालेका थिए तर भोगेको थिएनन्। 

२०७० सालको कुरा हो, गणेश कक्षा १२ को परीक्षा दिएर जन्मठाउँमा पुगेका थिए। त्यसक्रममा उनले भेटे- बुवाको मृत्यु भएको र आमाले अर्कै विवाह गरेपछि विचल्‍लीमा परेका बालबालिका। घुम्ने-रमाइलो गर्ने उमेरका गणेशलाई ती दृष्यले गहिरो पीडामा पुर्‍याइदियो। उनलाई लाग्न थाल्यो- यिनीहरुको सहारा बन्न पाए हुन्थ्यो।  

‘बाबुआमा नै नभएका उनीहरुको शिक्षा, स्वास्थ्यका कुरा छाड्यौं खाने खाना र बस्ने बासको टुंगो थिएन,' उनी सम्झिन्छन्, 'उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। उनीहरुको उद्दार गर्नुपर्छ भन्ने सोच पलायो।’ 

त्यो बीचमा उनको बाजुरा जाने क्रम बढ्दै गयो। बाजुराका विभिन्न ठाउँतिर उनी डुलिरहे। तर, उनको नजरमा फेरि पनि सहयोगापेक्षी बालबालिकाहरु परिरहन्थे। 'बाजुराको दुर्गम भनिएका ठाउँतिर त भइहाल्यो सुगम भनिएका ठाउँमा पनि आमाबुवा गुमाएको बालबालिकाको अवस्था कहालीलाग्दो थियो,' उनले भने। 

बाजुरा शिक्षा, स्वास्थ, विकास सबैमा पछि नै छ। धेरैलाई दुई छाक टार्न गाह्रो छ। जीवनका लागि संघर्ष गर्ने क्रममा दुर्घटनामा परेर परिवारको मुलीको मृत्यु भएपछि परिवार नै विचल्लीमा पर्छ। सन्तानलाई एक्लैले केही गर्न नसक्ने भएपछि आमा समेत बच्चा त्यागेर अर्कैसँग घरजम गर्न बाध्य भएको कथा उनले त्यही क्रममा सुने र देखे। 

‘आफ्नै आँखाले देखिसकेपछि यो दर्द नजिकबाट महशुस गरियो। मान्छे भएर जन्मेपछि मान्छेका लागि केही गर्नुपर्छ भन्ने मनमा लाग्न थाल्यो। त्यस्ता केही  बच्चाको भविष्यको लागि मैले केही गर्न सके हुन्थ्यो भन्ने लाग्न थाल्यो। त्यसपछि मैले त्यस्ता बालबालिकाको व्यक्तिगत रुपमै उद्दार गर्ने सोच बनाएँ,’ उनले भने।

आफैं परिवारको सहाराबाट बाहिन ननिस्किएका गणेशले परिवारलाई बुझाए। आफूले त्‍यस्ता बालबालिकाका लागि काम गर्ने योजना बनाए। २०७२ साल असारमा एउटा संस्था खोले, कन्सर्न बाजुरा। जसको मूल ध्येय सहयोगापेक्षी बालबालिकालाई आश्रय दिनु थियो। जिल्लाकै पहिलो अनाथ आश्रम उनको नेतृत्वमा सुरु भयो।  उनले आफ्नो परिवारको खर्चमा अनाथ आश्रम सुरु गरेका हुन्। सुरुका ४ वर्षसम्म कहीँकतैबाट सहयोग प्राप्त भएन तर २०७८ सालपछि अलि-अलि सहयोग पाउन थालेका छन्। 

bajura41695440053.jpg

Ncell 2
Ncell 2
nimb
nimb

‘संस्था बनाउने चाहिँ मेरो खासै उद्देश्य थिएन। व्यक्तिगत रुपमा जति बच्चाहरुलाई सहयोग गर्न सकिन्छ। त्यतिलाई सहयोग गर्ने भनेर अघि बढेको हो तर वैधानिक रुपमा काम गर्न संस्थागत रुपमै अगाडी बढ्नुपर्ने देखियो र हामीले संस्था नै खोल्यौं,' उनले भने। 

आश्रम दर्ता भएपछि उनले सहयोगापेक्षी बालबालिका ल्याउन पहल गरे। पहिलोचोटी नै त्यस्ता ६१ जना बालबालिका भेटिएका थिए। ती सवैको उद्धार उनी एक्लैबाट सम्भव थिएन। उनले त्यसमध्ये अतिनिम्न वर्गका ४ अनाथ बालबालिकालाई आश्रममा ल्याए। ती चारै बालबालिका बाबुआमा नभएर अत्यन्तै कष्टकर जीवन गुजारिरहेका थिए। उनीहरुले दुई छाक खाना समेत खान पाएका थिएनन्। ‘उनीहरुको भविष्य राम्रो बनाइदिन मैले केही गर्नु पर्छ भन्ने लाग्यो र सुरु गरेको हो,’  उनले भने।

bajura31695440053.jpg

दलित, पिछडिएको वर्गका बालबालिकालाई प्राथमिकतामा राखेर उनले आश्रम सुरु गरे। अझै जातीय भेदभावको अवशेष बाँकी रहेको जिल्लामा  त्यसरी सबै जातजातिका बालबालिकाहरु एकैठाउँमा बसाउन सजिलो थिएन। उनले गाउँमा आफ्नै घरमा राख्दा सुरुमा जातीय भेदभाबाट आफूलाई मुक्त गरिनसकेका गाउँका केहीले निको नमानेको उनी सुनाउँछन्। ‘केहीले गाउँको नजिकमा राख्न नदिएपछि गाउँभन्दा अलि पर राख्यौं। केही गाउँलेको सपोर्ट नभएपनि धेरैले थियो। मेरो घरपरिवारबाट पूरै सपोर्ट थियो,’ उनी सुनाउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले त्यसरी अनाथ बालबालिका ल्याएर हुर्काउन/पढाउन थालेपछि सहयोगी मन भएकाहले भरथेग गरे। उनीहरुले आफ्नो बारीमा पाकेको अनाजको सानो अंशी ती बालबालिका लागस पठाइदिन थाले। जन्मदिन वा यस्तै रमाइलो गर्न छुट्याएको खर्च त्यहीँका बालबालिका लागि पठाउन थाले। 

आश्रममा बालबालिका बढ्दै गए। त्यसपछि छुट्टै भवन जरुरी भयो। सरकारी, गैरसरकार संघ/संस्थाबाट सहयोग जुटाएर भवन बन्यो। २० जना बालबालिकालाई उनको आश्रमले शिक्षादिक्षा दिएर पालनपोषण गरेको छ। अहिले पनि उनीसँग १८ जना बालबालिका सो आश्रममा हुर्किरहेका छन्। केही बालबालिकालाई त बाल आश्रममा ल्याएर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि आफन्तसँगै घरमा पठाइदिएका उदाहरण पनि छन्। ‘सानो उमेरमा हामीले पढायौँ र आफूले आफूलाइई पाल्न सक्ने भएपछि हामीले समाजमा छोडिदियौँ,’ उनी सुनाउँछन्।

bajira11695440052.jpg

अन्य बाल आश्रम भन्दा उनी आफ्नोलाई यही अर्थमा फरक बनाउन चाहन्छन्। आफ्नो समुदाय, भाषा र संस्कृतिसँग टाढिन नपाउन् भनेरै आफूले बाजुरामै आश्रम स्थापना गरेको बताउँछन्। सहयोगीहरु सहरमा खोल्दा भेटिने थाहा भएपनि एउटा उमेरपछि समाजमै पुन:स्थापना गर्न त्यहीँ खोलिएको आश्रमबाट सहज हुने उनी बताउँछन्। 

उनले भने,  'यहीँ बसिरहे उनीहरुको गाउँ र छरछिमेकसँग सम्पर्कमा हुन्छन्। आफैं केही गर्न सक्ने भएपछि पुर्खाकै घरभूमिमा फर्काउन सकिन्छ। तर, बाहिर पठाइएकाहरु फर्काउन सकिदैन। उनीहरु भाषा, संस्कृति, भुगोल र त्यससँग घुलमिल हुन सक्दैनन्।'

उनीसँग हुर्किरहेका बाल-बालिकामध्ये हरेकका आफ्नै कथा छन्। तीमध्ये एउटा कठ्ठा उनले यसरी सुनाए, 'उनका बुवा रोजगारीको खोजीमा भारत गए। उनले त्यहाँ खासै कमाउन सकेनन्। उल्टै प्राण घातक रोग एचआइभी एड्सबाट ग्रसित भएर घर फर्किए। उनको मृत्यु भयो। पछि सोही रोगले उनको आमाको समेत ज्यान लियो। अरु कोहि आफन्त थिएनन्। ती बालकलाई कहिले छिमेकीले दिएको खानेकुरा खाने, कहिले भोको पेट बस्ने गर्दा कुपोषित भइसकेको अवस्थामा हामीले उद्धार गरेका थियौं।' जो अहिले आश्रममै छन्।

जसलाई उनले घुम्न गइरहेका बेला देखेर सोधखोज गरेका थिए। त्यस्तो कथा सुनेपछि उनले त्यहीँबाट उद्धार गरेर ल्याएका थिए। उनले आश्रम चलाएको कुरा अहिले फैलिरहेको छ र त्यहाँ राखिदिन आग्रह गर्नेहरु बढेका छन् तर उनका आफ्नै सीमितता छन्। त्यसैले चाहेजतिको उद्धार गर्न सकेका छैनन्।

341695440285.jpg

उनी भन्छन्,  'हरेक दिन कोही न कोही बेसहारा बनिरहेको अवस्था छ। कोही भारतमा काम गर्दागर्दै बितेर अनाथ बन्छन् र कोही गाउँमै विभिन्न समस्याले। दिउसो काम गरेर बेलुका खान पाउनेहरु धेरै छन् र उनीहरुको विचल्ली नै हुन्छ। त्यसैले बाजुरा जस्ता ठाउँका लागि राज्यले हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्छ।'
उनले यस्ता बालबालिकामैत्री नीति निर्माण र सहयोगका लागि गाउँका सिंहदरबारदेखि केन्द्रका सिंहदरबारसम्म धाएका छन्। एउटा जिल्लामा न्युनत एउटा सरकारी आश्रम बनाउनुपर्ने उनको बुझाइ छ। कुनै विद्यालयलाई आवासीय बनाएर भएपनि अघि बढ्नुपर्ने उनी बताइरहन्छन् र आफूले गरेको काम सुनाइरहन्छन्। तर,  सुन्नुपर्नेले र गर्नुपर्नेले महशुस गरिनसकेको उनको बुझाइ छ। पछिल्लो समय उनी आफैं नै राजनीतिमा लागेर नीति निर्माणतिर जाने तयारी गरिरहेका छन्। सक्रियता देखाइरहेका छन्। 

bajura1695439948.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्