• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २०, २०८२ Tue, Jun 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
बाजुराका अनाथ बालबालिकाका सहारा बनिरहेका युवा 
64x64
कल्पना घिमिरे शनिबार, असोज ६, २०८०  ११:००
1140x725

काठमाडौं-  गणेश थापा बाजुराको ताप्रामा जन्मिए तर उनले बाल्यकालका अधिकांश समय महेन्द्रनगर र धनगढीमा बिताए। छुट्टीको समयमा बाजुरा पुग्थे र केही दिन घुमघाम गर्थे, आफन्तलाई भेट्थे र फर्किन्थे। बाजुरा पुग्दा उनले त्यहाँका दुःख नजिकबाट नियालेका थिए तर भोगेको थिएनन्। 

२०७० सालको कुरा हो, गणेश कक्षा १२ को परीक्षा दिएर जन्मठाउँमा पुगेका थिए। त्यसक्रममा उनले भेटे- बुवाको मृत्यु भएको र आमाले अर्कै विवाह गरेपछि विचल्‍लीमा परेका बालबालिका। घुम्ने-रमाइलो गर्ने उमेरका गणेशलाई ती दृष्यले गहिरो पीडामा पुर्‍याइदियो। उनलाई लाग्न थाल्यो- यिनीहरुको सहारा बन्न पाए हुन्थ्यो।  

‘बाबुआमा नै नभएका उनीहरुको शिक्षा, स्वास्थ्यका कुरा छाड्यौं खाने खाना र बस्ने बासको टुंगो थिएन,' उनी सम्झिन्छन्, 'उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। उनीहरुको उद्दार गर्नुपर्छ भन्ने सोच पलायो।’ 

त्यो बीचमा उनको बाजुरा जाने क्रम बढ्दै गयो। बाजुराका विभिन्न ठाउँतिर उनी डुलिरहे। तर, उनको नजरमा फेरि पनि सहयोगापेक्षी बालबालिकाहरु परिरहन्थे। 'बाजुराको दुर्गम भनिएका ठाउँतिर त भइहाल्यो सुगम भनिएका ठाउँमा पनि आमाबुवा गुमाएको बालबालिकाको अवस्था कहालीलाग्दो थियो,' उनले भने। 

बाजुरा शिक्षा, स्वास्थ, विकास सबैमा पछि नै छ। धेरैलाई दुई छाक टार्न गाह्रो छ। जीवनका लागि संघर्ष गर्ने क्रममा दुर्घटनामा परेर परिवारको मुलीको मृत्यु भएपछि परिवार नै विचल्लीमा पर्छ। सन्तानलाई एक्लैले केही गर्न नसक्ने भएपछि आमा समेत बच्चा त्यागेर अर्कैसँग घरजम गर्न बाध्य भएको कथा उनले त्यही क्रममा सुने र देखे। 

‘आफ्नै आँखाले देखिसकेपछि यो दर्द नजिकबाट महशुस गरियो। मान्छे भएर जन्मेपछि मान्छेका लागि केही गर्नुपर्छ भन्ने मनमा लाग्न थाल्यो। त्यस्ता केही  बच्चाको भविष्यको लागि मैले केही गर्न सके हुन्थ्यो भन्ने लाग्न थाल्यो। त्यसपछि मैले त्यस्ता बालबालिकाको व्यक्तिगत रुपमै उद्दार गर्ने सोच बनाएँ,’ उनले भने।

आफैं परिवारको सहाराबाट बाहिन ननिस्किएका गणेशले परिवारलाई बुझाए। आफूले त्‍यस्ता बालबालिकाका लागि काम गर्ने योजना बनाए। २०७२ साल असारमा एउटा संस्था खोले, कन्सर्न बाजुरा। जसको मूल ध्येय सहयोगापेक्षी बालबालिकालाई आश्रय दिनु थियो। जिल्लाकै पहिलो अनाथ आश्रम उनको नेतृत्वमा सुरु भयो।  उनले आफ्नो परिवारको खर्चमा अनाथ आश्रम सुरु गरेका हुन्। सुरुका ४ वर्षसम्म कहीँकतैबाट सहयोग प्राप्त भएन तर २०७८ सालपछि अलि-अलि सहयोग पाउन थालेका छन्। 

bajura41695440053.jpg

‘संस्था बनाउने चाहिँ मेरो खासै उद्देश्य थिएन। व्यक्तिगत रुपमा जति बच्चाहरुलाई सहयोग गर्न सकिन्छ। त्यतिलाई सहयोग गर्ने भनेर अघि बढेको हो तर वैधानिक रुपमा काम गर्न संस्थागत रुपमै अगाडी बढ्नुपर्ने देखियो र हामीले संस्था नै खोल्यौं,' उनले भने। 

आश्रम दर्ता भएपछि उनले सहयोगापेक्षी बालबालिका ल्याउन पहल गरे। पहिलोचोटी नै त्यस्ता ६१ जना बालबालिका भेटिएका थिए। ती सवैको उद्धार उनी एक्लैबाट सम्भव थिएन। उनले त्यसमध्ये अतिनिम्न वर्गका ४ अनाथ बालबालिकालाई आश्रममा ल्याए। ती चारै बालबालिका बाबुआमा नभएर अत्यन्तै कष्टकर जीवन गुजारिरहेका थिए। उनीहरुले दुई छाक खाना समेत खान पाएका थिएनन्। ‘उनीहरुको भविष्य राम्रो बनाइदिन मैले केही गर्नु पर्छ भन्ने लाग्यो र सुरु गरेको हो,’  उनले भने।

bajura31695440053.jpg

दलित, पिछडिएको वर्गका बालबालिकालाई प्राथमिकतामा राखेर उनले आश्रम सुरु गरे। अझै जातीय भेदभावको अवशेष बाँकी रहेको जिल्लामा  त्यसरी सबै जातजातिका बालबालिकाहरु एकैठाउँमा बसाउन सजिलो थिएन। उनले गाउँमा आफ्नै घरमा राख्दा सुरुमा जातीय भेदभाबाट आफूलाई मुक्त गरिनसकेका गाउँका केहीले निको नमानेको उनी सुनाउँछन्। ‘केहीले गाउँको नजिकमा राख्न नदिएपछि गाउँभन्दा अलि पर राख्यौं। केही गाउँलेको सपोर्ट नभएपनि धेरैले थियो। मेरो घरपरिवारबाट पूरै सपोर्ट थियो,’ उनी सुनाउँछन्। 

उनले त्यसरी अनाथ बालबालिका ल्याएर हुर्काउन/पढाउन थालेपछि सहयोगी मन भएकाहले भरथेग गरे। उनीहरुले आफ्नो बारीमा पाकेको अनाजको सानो अंशी ती बालबालिका लागस पठाइदिन थाले। जन्मदिन वा यस्तै रमाइलो गर्न छुट्याएको खर्च त्यहीँका बालबालिका लागि पठाउन थाले। 

आश्रममा बालबालिका बढ्दै गए। त्यसपछि छुट्टै भवन जरुरी भयो। सरकारी, गैरसरकार संघ/संस्थाबाट सहयोग जुटाएर भवन बन्यो। २० जना बालबालिकालाई उनको आश्रमले शिक्षादिक्षा दिएर पालनपोषण गरेको छ। अहिले पनि उनीसँग १८ जना बालबालिका सो आश्रममा हुर्किरहेका छन्। केही बालबालिकालाई त बाल आश्रममा ल्याएर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि आफन्तसँगै घरमा पठाइदिएका उदाहरण पनि छन्। ‘सानो उमेरमा हामीले पढायौँ र आफूले आफूलाइई पाल्न सक्ने भएपछि हामीले समाजमा छोडिदियौँ,’ उनी सुनाउँछन्।

bajira11695440052.jpg

अन्य बाल आश्रम भन्दा उनी आफ्नोलाई यही अर्थमा फरक बनाउन चाहन्छन्। आफ्नो समुदाय, भाषा र संस्कृतिसँग टाढिन नपाउन् भनेरै आफूले बाजुरामै आश्रम स्थापना गरेको बताउँछन्। सहयोगीहरु सहरमा खोल्दा भेटिने थाहा भएपनि एउटा उमेरपछि समाजमै पुन:स्थापना गर्न त्यहीँ खोलिएको आश्रमबाट सहज हुने उनी बताउँछन्। 

उनले भने,  'यहीँ बसिरहे उनीहरुको गाउँ र छरछिमेकसँग सम्पर्कमा हुन्छन्। आफैं केही गर्न सक्ने भएपछि पुर्खाकै घरभूमिमा फर्काउन सकिन्छ। तर, बाहिर पठाइएकाहरु फर्काउन सकिदैन। उनीहरु भाषा, संस्कृति, भुगोल र त्यससँग घुलमिल हुन सक्दैनन्।'

उनीसँग हुर्किरहेका बाल-बालिकामध्ये हरेकका आफ्नै कथा छन्। तीमध्ये एउटा कठ्ठा उनले यसरी सुनाए, 'उनका बुवा रोजगारीको खोजीमा भारत गए। उनले त्यहाँ खासै कमाउन सकेनन्। उल्टै प्राण घातक रोग एचआइभी एड्सबाट ग्रसित भएर घर फर्किए। उनको मृत्यु भयो। पछि सोही रोगले उनको आमाको समेत ज्यान लियो। अरु कोहि आफन्त थिएनन्। ती बालकलाई कहिले छिमेकीले दिएको खानेकुरा खाने, कहिले भोको पेट बस्ने गर्दा कुपोषित भइसकेको अवस्थामा हामीले उद्धार गरेका थियौं।' जो अहिले आश्रममै छन्।

जसलाई उनले घुम्न गइरहेका बेला देखेर सोधखोज गरेका थिए। त्यस्तो कथा सुनेपछि उनले त्यहीँबाट उद्धार गरेर ल्याएका थिए। उनले आश्रम चलाएको कुरा अहिले फैलिरहेको छ र त्यहाँ राखिदिन आग्रह गर्नेहरु बढेका छन् तर उनका आफ्नै सीमितता छन्। त्यसैले चाहेजतिको उद्धार गर्न सकेका छैनन्।

341695440285.jpg

उनी भन्छन्,  'हरेक दिन कोही न कोही बेसहारा बनिरहेको अवस्था छ। कोही भारतमा काम गर्दागर्दै बितेर अनाथ बन्छन् र कोही गाउँमै विभिन्न समस्याले। दिउसो काम गरेर बेलुका खान पाउनेहरु धेरै छन् र उनीहरुको विचल्ली नै हुन्छ। त्यसैले बाजुरा जस्ता ठाउँका लागि राज्यले हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्छ।'
उनले यस्ता बालबालिकामैत्री नीति निर्माण र सहयोगका लागि गाउँका सिंहदरबारदेखि केन्द्रका सिंहदरबारसम्म धाएका छन्। एउटा जिल्लामा न्युनत एउटा सरकारी आश्रम बनाउनुपर्ने उनको बुझाइ छ। कुनै विद्यालयलाई आवासीय बनाएर भएपनि अघि बढ्नुपर्ने उनी बताइरहन्छन् र आफूले गरेको काम सुनाइरहन्छन्। तर,  सुन्नुपर्नेले र गर्नुपर्नेले महशुस गरिनसकेको उनको बुझाइ छ। पछिल्लो समय उनी आफैं नै राजनीतिमा लागेर नीति निर्माणतिर जाने तयारी गरिरहेका छन्। सक्रियता देखाइरहेका छन्। 

bajura1695439948.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सार्वजनिक यातायात बन्द भएपछि नेपाल प्रहरीले काठमाडौँका यी विभिन्न रुटमा सुरु गर्‍यो निः शुल्क बस सेवा यातायात व्यवसायीले राइड सेयरिङसम्बन्धि कानुनको विरोध गर्दै आज देशभर सार्वजनिक यातायात बन्द गरेका छन् । यधपी यातायात व्यवसायी र सरकार... सोमबार, जेठ १९, २०८२
चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न विश्वभर मे महिनालाई रजस्वला स्वास्थ्य जनचेतना महिनाु को रुपमा मनाइने गरिन्छ । मे महिनाको अवसर पारी स्कुल पढने किशोर किशोरीहरुलाई लक्... सोमबार, जेठ १९, २०८२
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्... सोमबार, जेठ १९, २०८२
ताजा समाचारसबै
करण केसीको आक्रामक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित मंगलबार, जेठ २०, २०८२
ज्ञानेन्द्र शाहीले भने- ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’ सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डविरुद्ध भुर्तेलको अर्धशतक सोमबार, जेठ १९, २०८२
भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको निर्णय सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको विशाल लक्ष्य सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सरकार र यातायात व्यवसायीबीच ११ सदस्यीय वार्ता कमिटी गठन गर्ने सहमति सोमबार, जेठ १९, २०८२
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा सोमबार, जेठ १९, २०८२
यातायात व्यवसायीसँग वार्ता सुरु सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डविरुद्ध भुर्तेलको अर्धशतक सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्