काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक संसदीय प्रक्रियाबाटै सर्वस्वीकार्य बनाउने प्रतिबद्धता जाहेर गरेको छ। पार्टी केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रिय कार्यसमितिको बैठकमार्फत् कांग्रेसले उक्त निर्णय गरेको हो।
केन्द्रीय समितिको जारी बैठकका बीचमा उक्त निर्णय गरेर सार्वजनिक गरिएको हो। कांग्रेसले शिक्षक र सरकारलाई सार्थक वार्ता गर्न पनि आग्रह गरेको छ।
‘संसद्मा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउने पहलकदमी लिने प्रतिबद्धता जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ताको माध्यमबाट यथाशीघ्र समाधान खोज्न, विद्यालयको पठन पाठन सुचारु गर्न नेपाली कांग्रेसको कार्यसमिति आग्रह गर्दछ,’ कांग्रेसले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।